जनकपुरधाम : प्रदेश नं २ सरकारमार्फत गत आर्थिक वर्षमा सम्पन्न विकास निर्माणका काममध्ये बाँकी रहेको वक्यौंता रकम भुक्तानी हुने भएको छ । प्रदेश सरकारका अनुसार ऐन बनाएर भुक्तानी गरिने छ ।

गत वर्ष कामको भुक्तानीका सम्बन्धमा प्रदेशसभाको निर्देशन बमोजिम सोमबार जनकपुरधाममा बसेको सर्पपक्षीय बैठकले ऐन बनाएर भुक्तानी गर्ने सहमति गरेको हो ।

सर्वपक्षीय बैठकमा मुख्यमन्त्री लालबाबु राउत, सभामुख सरोजकुमार यादव, प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता सत्यनारायण यादव, प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता रामसरोज यादव सहभागी थिए ।

यसैगरी, प्रदेश सरकारका मन्त्री, संसदीय समितिका सभापति, प्रमुख सचिवका साथै सबै मन्त्रालयका सचिवसहितको सो बैठकले गत वर्षको कामको भुक्तानी ऐन बनाएर गर्ने सहमति गरेको हो ।

ऐन बनाउनका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेशसभामा विधेयक दर्ता गराउनेछ । प्रदेशसभाले सो विधेयक पारित गरेपछि गत वर्षको वक्यौंता कामको भुक्तानीको बाटो खुल्ने देखिएको छ ।

गत आर्थिक वर्षको बक्यौता भुक्तानी नहुँदा उपभोगता समितिका सदस्यहरुले आन्दोलनसमेत गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.