हुलाकी न्यूजः प्रदेश नं.२मा बाढी पहिरोबाट भएका क्षतिको अगुमन गर्दै पीडितलाई राहत लगायतको व्यवस्थापनको लागि प्रदेश सरकारले मन्त्री स्तरीय विपद अनुगमन व्यवस्थापन समिति गठन गरेको छ ।

मन्त्री परिषदको आज सम्पन्न बैठकले भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलको संयोजकत्वमा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव र उद्योग वन पर्यटन तथा संस्कृति मन्त्री राम नरेश राय सदस्य रहने गरि तीन सदस्यीय समिति गठन गरेको छ ।

उक्त समितिलाई हालै प्रदेशको आठ वटै जिल्लमा आएको बाढी बाट भएको क्षतिहरुको स्थलगत नीरिक्षण अनुगमन गरि पीडितलाई उपलब्ध गराउनु पर्ने राहत तथा अन्य मर्मत सम्भार जस्ता कार्यहरुको सिफारिस प्रदेश सरकारलाई गर्ने जिम्मेवारी दिइएको छ ।

समितिले गरेको सिफारिसको आधारमा प्रदेश सरकारले पीडित परिवारहरुलाई राहत उपलब्ध गराउने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.