जनकपुरधाम, ७ कार्तिक ।
प्रदेश स्तरीय प्रतियोगीताको उपाधि माथि आयोजक धनुष मिडिया एण्ड रिसर्च सेन्टर रघुनाथपुर टिम कब्जा जमाएको छ ।

सोमवार धनुषाको रघुनाथपुरमा भएको धनुषा कबडी संघको आधिकारिक टिमलाई २८—४३ अन्तरले पराजित गर्दै आयोजक टिम नगद ५१ हजार राशी उपाधि रक्षा गर्न सफल भएको छ ।

आइतवार नै दुवै टिम बिच निणार्यक प्रतिस्पर्धा भएपनि साँझ पर्दा विवाद भएपछि सो प्रतिस्पर्धा सोमवार विहान हुने तय भएको थियो । दोस्रो भएका धनुषा कबडी संघको टिम भने हार्नै लाग्दा मैदानवाट खेलाडी सहित बाहिरिएका थिए । पहिलो हुने आयोजक टिमले नगद ५१ हजार तथा ट्रफी, दोस्रो हुने टिमले नगद ३१ हजार र ट्रफी तथा तेस्रो हुने सप्तरी टिमले नगद १५ हजार तथा ट्रफी जितेका छन् ।

विजेता टिमहरुलाई प्रतियोगीताका प्रमुख अतिथि समाजसेजी वलराम महतो तथा विशिष्ठ अतिथि सहिद नगरपालिकाका मेयर उदय बरबरिया यादवले पुरस्कार प्रदान गरेको थियो । त्यसैगरि आइतावार नै भएको महिला कबडीको फाइनलमा महोतरीलाई पराजित गर्दै धुनषा महिला कबडी टिमले उपाधि जितेको छ । महिला तर्फ प्रथम हुने टिमले नगद २५ हजार र दोस्रो हुने टिमले नगद १५ हजार तथा ट्रफी हात पारेका छन् ।

प्रतियोगीतामा महिला र पुरुष गरि धनुषाका आलावा महोतरी, सिरहा, सलार्ही, रौतहट, सप्तरी सहितको जिल्लाका कुल ११ टिमहरुको सहभागिता थियो ।

समारोहलाई सम्बोधन गर्दै जनकपुर उप–महानगरपालिकाका मेयर लाल किशोर साहले प्रतियोगीतामा देखिएको स्थानियको सहभागिता र उल्लासले आफु उत्साहित भएको बताए । महोतरी मठिहानी नगरपालिकाका मेयर हरिमण्डल र सिरहा कर्जनहा नगरपालिकाका मेयर गंगा पासवानले प्रतियोगीताको आयोजना र त्यसप्रतिको स्थानियको लगावले रघुनाथपुरवासी खेलप्रेमी रहेको प्रमाणित भएको बताए

प्रतियोगीतामा खेलकुद विकास समिति धनुषाका अध्यक्ष कमल चौधरी, अखिल नेपाल कबडी संघका केन्द्रिय कोषाध्यक्ष अरबिन्द झा सहितको समेत सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.