रुपन्देही । पूर्वराज्यमन्त्री तथा नेपाली कांग्रेसा नेता दुर्योधनसिंह थारु चौधरीको निधन भएको छ । चौधरीको ७० वर्षको उमेरमा शुक्रबार निधन भएको हो ।

चौधरीको वुटवलस्थित गौतम वुद्ध सामुदायिक मुटु अस्पतालमा उपचारका क्रममा निधन भएको छ । चौधरी २०४८, २०५१ र २०५६ सालको संसदीय निर्वाचनमा रुपन्देही १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

रुपन्देहीबाट संसदमा ३ कार्यकाल प्रतिनिधित्व गरेका चौधरी स्थानीय विकास राज्यमन्त्री, आपूर्ति सहायक मन्त्री र महिला तथा सामाजकल्याण सहायक मन्त्री समेत भएका थिए । चौधरीले २०२८ सालमा भारतको वनारसबाट राजनीतिक जीवन यात्रा प्रारम्भ गरेका थिएि ।

यसैबीच, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चौधरीको निधनप्रति दुःख व्यक्त गरेका छन् । सभापति देउवाले शोक विज्ञप्तिमार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरे ।

चौधरीले कांग्रेसको सङ्गठन र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको उल्लेख गर्दै सभापति देउवाले उनको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको र अपूरणीय क्षति पुगेको बताए । चौधरीका दुई श्रीमती, तीन छोरा र एक छोरी छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.