काठमाडौं, ३० चैत । पूर्वराजा ज्ञानेन्द्र शाहले उपलब्ध गराएको २ करोड रुपैयाँ सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा भएको छ ।

पूर्वराजा शाहले केही दिनअघि विज्ञप्ति जारी गर्दै नेपाल सरकारको कोरोना विशेष राहत कोषमा जम्मा गर्ने गरी हिमानी कोषलाई २ करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका थिए ।

शाहकै घोषणाअनुसार हिमानी कोषका पदाधिकारीहरूले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर २ करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

पूर्वराजा शाहको घोषणाअनुसार २ करोड रुपैयाँ सरकारी कोषमा जम्मा गरिएको जानकारी दिँदै हिमानी कोषले रकमको पूर्ण सदुपयोग हुने अपेक्षासमेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.