एजेन्सी । पाकिस्तानमा विमान दुर्घटना भएको छ । पाकिस्तानको लाहोर इन्टरनेशनल एअर लाइन्स (पीआइए)को विमान दुर्घटनामा परेको हो ।

विमानमा ९९ यात्रु र आठ चालक दलका सदस्यहरू सवार थिए । पाकिस्तानका सञ्चार माध्यमहरूका अनुसार कराँची एअरपोर्ट नजिक घना क्षेत्रमा विमान खसेको जनाएका छन् । उद्धार कार्य जारी रहेको र हालसम्म ११ शव बरामद भएका छन् ।

पीआईएका प्रवक्ता अब्दुल सत्तारले दुर्घटनाको पुष्टि गरेको विदेश सञ्चारमाध्यमले जनाएका छन् । यो विमान लाहोरबाट कराँची जाँदै थियो र मालीरको मोडेल कालोनीको नजिक जिन्ना गार्डेन क्षेत्रमा दुर्घटनाग्रस्त भएको जनाइएको छ ।

दुर्घटनाको एक भिडियो समेत सार्वजनिक भएको छ । जसमा धुँवाको मुस्लो दुर्घटना स्थलबाट उठेको देखिएको छ । प्रारम्भिक जानकारीका अनुसार विमानमा १०७ जना थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.