पर्यटकीय स्थल सलहेश मन्दिर सरसफाई कार्यक्रम सम्पन्

अमर पासमान, हुलाकी न्युज, सिरहा । सिरहा नगरपालिका स्थित इमली चौक देखि पर्यटकीय स्थल सलहेश मन्दिर परिसर सरसफाई कार्यक्रम तथा नयाँ वर्ष २०७५ को उप्लक्क्षमा सुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

सरसफाईको कार्यक्रम शुक्रवार बिहान ७ बजेदेखि ९ बजेसम्म इमली चौकबाट सुरु भई प्रसिध पर्यटकीय स्थल सलहेश मन्दिर परिसरमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा शुक्रवार पर्यटकीय स्थल सलहेश मन्दिर परिसरमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

नयाँ वर्षको उप्लक्षममा शुभकामना आदान प्रदान तथा सलहेश मेलाको क्रममा सलहेश मेला कमिटिलाइ सलहेश मेला भब्य बनाउन जुनसुकै सहयोगको बेला तपाइको साथमा रहेको सिरहा नगरपालिकाका मेयर बताउनुभयो ।

नयाँ वर्ष २०७५ को सुभकामना आदान प्रदान तथा पर्यटकीय स्थल सलहेश मन्दिर सरसफाई कार्यक्रमका आयोजक सामुदायिक सेवा केन्द्रका प्रमुख नविन यादब रहेका थिए भने प्रमुख अतिथिमा सिरहा नगरपालिकाका मेयर अशेश्वर यादव, बिशिस्ट अतिथिमा उध्योग वाणिज्य संघ सिरहाका प्रमुख प्रमोद पोदार र अतिथिहरुको उपस्थितमा उक्त कार्यक्रम सम्पन्न भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.