सप्तरी । हेल्प देम फाउण्डेशन सप्तरीले राजगढ गाउँपालिकाका अतिविपन्न समुदाय मुसहर, राम र डोम परिवारलाई मास्क र सेनिटाईजर वितरण गरेको छ ।

आइतबार हेल्प देम फाउन्डेसन सप्तरीका विवेक कुमार झाको नेतृत्वमा राजगढको झुटकी, कमलपुर र नर्घाैको पछवारीटोलका गरिब परिवारलाई मास्क तथा सेनिटाईजर बितरण गरेको हो ।

फाउण्डेशनले पाँच सय पिस मास्क, पाँच सय पिस साबु र एक सय पिस सेनिटाइजर वितरण गरेको हो ।

फाउण्डेशनका विवेक कुमार झा, कृष्णदेव यादव, पप्पु यादव, वीरेन्द्र राम, भोला राम लगायतले सो सामग्रीहरु वितरण गरेको छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.