पत्रकारलाई एक करोडसम्म जरिवाना गर्ने वाक्यांश प्रदेश सरकारले संशोधन गर्ने

हुलाकी न्यूज, जनकपुरधाम । प्रदेश सरकारले सञ्चार संसदमा ल्याएको सञ्चारसम्बन्धी विधेयकमा सञ्चारकर्मीलाई एक करोडसम्म जरिवाना हुने वाक्यांश संशोधन र परिमार्जन गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले एक विज्ञप्ति जारी गरी सञ्चारसम्बन्धी विधेयकमा सञ्चारकर्मीहरुले सम्प्रभूताविरुद्ध समाचार लेखेमा ५० देखि एक करोडसम्म जरिवाना गर्ने वाक्यांश र अन्य केही शब्दावली प्राविधिक त्रुटिवश पर्न गएको जनाएको छ ।

सो वाक्यांश र शब्दावलीलाई सञ्चारकर्मीहरुको थप परामर्शबाट संशोधन र परिमार्जन गर्ने प्रतिबद्धता कानूनमन्त्री यादवले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.