‘न्युक्लियर मेडिसिन’ मा विद्यावारिधि गर्ने गुप्ता पहिलो

हुलाकी न्यूज, इटहरीः बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, रेडियोलोजी विभागमा कार्यरत अरुण गुप्ताले ‘न्युक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ’ विषयमा विद्यावारिधि गरेका छन्।

सीओल नेशनल युनिभर्सिटी कोरियाबाट सो विषयमा विद्यावारिधि प्राप्त गर्ने उनी नेपालकै पहिलो व्यक्ति हुन्।

उनको यो योग्यताबाट मुख्यतः क्यान्सर परीक्षण र उपचारमा महत्वपूर्ण सहयोग पुग्ने भएकाले नेपालमा पनि अब क्यान्सर रोगको उपचारमा सहजता आउने देखिएको छ।

विद्यावारिधी गरेपछि विदेशमा थुप्रै अवसर आएको र आफ्ना साथीहरुले पनि नेपाल नजान सुझाव दिएपनि आफ्नो देश र जनताको सेवा गर्ने उद्देश्य बोकेर प्रतिष्ठानमा काम गर्न आएको उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.