हुलाकी न्यूज, काठमाण्डौ, १६ आषाढ । नेपाली चलचित्र ‘संरक्षण’को गीत होली पछिको अर्को ‘मैथिली आइटम’ गीत शुक्रबार सार्वजनिक भएको छ । होली गीतले राम्रै ठाउँ लिन सफल भएको थियो । आइटम नम्बरको यो गीत मैथिली भाषामा रहेको छ ।

नेपाली चलचित्रमा यो पहिलो पटक हो जस्मा मैथिली र नेपाली भाषाको गीत समिश्रण रहेको छ । पुर्ण रुपले मैथिली भाषामा रहेको यस गीतमा बोल किशारीलालको छ भने यसको रचनाकार रोशन जनकपुरी हुन् । यस आइटम नम्बरमा संगित प्रवेश मल्लिकले दिएका छन् भने स्वर रितिका परमेश्वर र प्रवेश मल्लिकको रहेको छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको यस आइटम नम्बरको नृत्य निकै आकर्षक छ । पुर्णेन्दु झाको निर्देशनमा बनेको नेपाली कथानक चलचित्र संरक्षण यही साउन २७ गते रिलिज हुँदैछ ।
भिडियो हेर्न तल क्लिक गर्नुस्

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.