नेपाली काँग्रेस र मधेश आन्दोलन (टिप्पणी)

926


तुलानारायण साह

संघर्षकालमा नेपाली काँग्रेसको बृद्धि विकासमा मधेश क्षेत्र र मधेशी समुदायको महत्वपूर्ण भुमिका रहेको थियो । २०४६ सालमा प्रजातन्त्रको पुनस्र्थापना भएपछि भएका संसदीय निर्वाचनहरुमा मधेश क्षेत्र र मधेशी समुदाय काँग्रेसको भोट ब्याँक रहेको देखियो । तर मधेशी समुदायको आधारभुत राजनैतिक समस्याहरुको समाधानमा काँग्रेस पार्टी खासै सहयोगी साबित भएका छैनन् ।

२०६३ सालयता तीनटा मधेश आन्दोलनहरु भए । संयोगवश ती सबै आन्दोलनको बेला नेपाली काँग्रेसको नेतृत्वमा सरकार थियो । संयोगले कोइरालाहरु नै प्रधानमन्त्री थिए ।

२०६३ साल माघ १ गते अन्तरिम संविधानको घोषणा भएको थियो । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो । अन्तरिम संविधानमा संघीयता उल्लेख नभएको कारण मधेशी जनअधिकार फोरमले आन्दोलन थालेको थियो । त्यस अघि पुष महिनामा नेपाल सदभावना पार्टीले आन्दोलन गर्दा नेपालगंजमा ठूलो सम्प्रदायिक दंगा भएको थियो ।

धेरैले त्यस दंगालाई मधेश आन्दोलनको प्रारम्भ विन्दु मान्छन् । नेपालगंज नेपाली काँग्रेसका तात्कालिनक प्रभावशाली नेता सुशील कोइरालाको प्रभाव क्षेत्र मानिन्थ्यो । त्यो आन्दोलन नेपालगन्जबाट शुरुभएर लहानहुँदै विराटनगरसम्मपुगेको थियो । विराटनगर नेपाली काँग्रेसका अर्का प्रभावशाली नेता गिरिजाप्रसाद कोइरालाको गृहनगर थियो । आन्दोलन तीन साताभन्दा लामो समयसम्म चल्दा प्रधानमन्त्रीले दुईपटक सम्बोधन गर्नुभएको थियो र पछी संविधानलाई संशोधन गरेर सम्बोधनमा उल्लेखित कुराहरु राखिएको थियो । त्यस संशोधनबाट मधेश र मधेशी शब्दले संबैधानिक स्थानपाएको मानिन्छ ।

मधेशमा लाखौँ मानिस बन्दै गरेको संविधानको बिरोध गरिरहेको थियो । कोईराला सरकारले ब्यापक दमन गर्यो । अन्ततः संविधानजारी गराई छाडयो ।

२०६४ सालमा महन्त ठाकुरको नेतृत्वमा दोस्रो मधेश आन्दोलन हुँदा पनि नेपाली काँग्रेसकै सरकार थियो र प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नै हुनुहुन्थ्यो । दुई हप्ताभन्दा बढीसम्म आन्दोलन चलेपछि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र सरकारबीच ८ बुँदे सहमति भएको थियो । त्यसका हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइराला नै हुनुहुन्थ्यो ।
२०७२ सालमा तेस्रो मधेश आन्दोलनहुँदा नेपाली काँग्रेसका सुशील कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो । मधेशमा लाखौँ मानिस बन्दै गरेको संविधानको बिरोध गरिरहेको थियो । कोईराला सरकारले ब्यापक दमन गर्यो । अन्ततः संविधानजारी गराई छाडयो ।

यसरी २०६३, २०६४ र २०७० को मधेश आन्दोलनहरुमा भएको दमन र दर्जनौँ हत्याको जिम्मेबारी पनि नेपाली काँग्रेसको टाउकोमा जान्छ किनभने प्रधानमन्त्री त्यही पार्टीका थिए । भोट लिने बेलामा काँग्रेस पार्टी नेपाली काँग्रेसको रुपमा प्रस्तुत हुने तर मधेशी समुदायको अधिकारको लागी हुने आन्दोलनको बेला नेपाली काँग्रेस केवल पहाडी काँग्रेस पार्टीको रुपमा प्रस्तुत हुने गर्दछ ।

अहिले पनि नेपाली कांग्रेस नेतृत्वको सरकार बनेको छ । शेरबहादुर देउवा नेपालको ४० औं प्रधानमन्त्री बनेका छन् । उनले मधेशलाई कोइरालाहरु भन्दा फरक ब्यवहार गर्ने आशा गरौँ । मधेशी दलहरुलाई साथलिएर आन्दोलनहरुको भावना अनुकुल संविधान संशोधनमा देउवा सफल हुनुभयो भने मधेश र काँग्रेसबीच नयाँ सम्बन्धको प्रारम्भ गर्ने जश देउवाले पाउनुहुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here