काठमाडौं, १ वैशाख । कोरोना भाइरसका कारण विश्व नै आक्रान्त बनेको छ । हालसम्म उपचार नभएकाले रोकथान नै कोरोना भाइरसबाट बच्ने राम्रो विकल्प रहेको छ ।

यसका लागि अहिले विश्वभर नै पीपीई, एन ९५ मास्क, स्यानिटाइजर, ग्लोब्जजस्ता शरीरका लागि सुरक्षा कबजका रूपमा प्रयोग हुने सामग्रीहरूको अत्यन्तै अभाव भएको छ । नेपालमा पनि यी स्वास्थ्य सामग्रीको चरम अभाव छ ।

अरुबेला विदेशका न्यून मात्रमा आयात हुने गरेका यी सामग्रीको माग अहिले आएर ह्वातै बढेको छ । मागलाई थेग्न राष्ट्रिय आविष्कार केन्द्रले पीपीई बनाउने कार्यलाई तीब्रता दिएको छ । त्यस्तै, नेपाल औषधी लिमिटेडले पनि स्यानिटाइजर उत्पादन सुरु गरेको छ ।

बबरमहलस्थित लिमिटेडको कार्यालयबाट दैनिक २० हजार बोटल स्यानिटाइजर उत्पादन गर्ने लक्ष्यका साथ काम सुरु गरिएको हो । १०० मिलि प्रतिबोटल स्यानिटाइजरको बजार मूल्य १७५ तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.