काठमाडौं, २ वैशाख । नेपालमा थप दुई जनाका कोरोना संक्रमण देखिएको छ । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्ट बस्दै आएका दुई जनामा संक्रमण देखिएको पुष्टि भएको छ ।

कोरोना संक्रमित हुन सक्ने आशंका गरिएका तीन जनामध्ये एक जनाको रिपोर्ट आउन बाँकी छ । उनीहरू २८ दिनअघि बेलायतमा फर्किएका थिए । सोमबार ¥यापिड टेष्टका क्रममा एन्टीबडी पोजेभिट देखिएपछि पाटन अस्पतालमा भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो ।

उनीहरूमध्ये दुई जना (छोरा र बुहारी) को रिपोर्ट पोजेटिभ आएको छ । बाँकी एक (आमा) को रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ । सनसिटीमा पाँचवटा विल्डिङ छन् ।

अहिले कोरोना संक्रमण देखिएको परिवार ए बिल्डिङमा बस्दै आएका थिए । ¥यापिड टेष्टमा उनीहरूको रिपोर्ट पोजेटिभ आएपछि अपार्टमेन्टलाई प्रहरीले सिल गरेको छ । त्यहाँ रहेका मानिसहरूलाई बाहिर जान दिइएको छैन । यो अपार्टमेन्टमा कम्तिमा पनि पाँच सय परिवार रहेको अनुमान छ ।

अहिले भित्र कति परिवार छन् भन्ने एकिन छैन । दैनिक अत्यावश्यक बस्तु समेत प्रशासनले पु¥याउने प्रबन्ध गरिँदैछ । यसका लागि स्थानीय नगरपालिकासँग समन्वय गरिने बताइएको छ । त्यहाँ हाइप्रोफाइल व्यक्तिहरू पनि रहँदै आएका छन् ।

पोजेटिभ भेटिएकाहरू चैत ५ गते बेलायतबाट नेपाल आएको कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्ण हरी थापाले जानकारी दिएका छन् । नेपाल आएर उनीहरू होम क्वारेन्टाइनमा रहेको समेत थापाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.