काठमाडौं, १४ वैशाख । वीरगञ्जमा थप दुई जनालाई कोरोना संक्रमण देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणअनुसार थप दुई जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

संक्रमित दुबै जना पर्सा वीरगञ्ज निवासी पुरुष हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ भने १२ जना उपचारपछि फिर्ता भइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.