काठमाडौं । नेपालमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो संख्या संक्रमितको संख्या ९ पुगेको छ ।

जसमध्ये सुरुवातमै एक जना निको भइसकेका छन् । अन्य ८ जनाको उपचार भइरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका अर्का ४१ वर्षीय पुरूषमा कोरोना भाइरस पुष्टि भएको छ ।

त्यस्तै, कैलालीकी ३४ वर्षीया महिलामा पनि कोरोना भाइरसको पुष्टि भएको छ । यी महिला केही दिनअघि दुबईबाट फर्किएका संक्रमित पुरुषका भाउजु हुन् । कैलालीमा यसअघि दुबईबाट फर्किएका एक जना पुरूषमा कोरोना भाइरस देखिएको थियो ।

योसँगै पहिलोपटक नेपालभित्रै एकबाट अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअघि युरोप र खाडीबाट आएका नेपालीमा मात्र कोरोना भाइरसको संक्रमण देखिएको थियो । शनिबार भारतबाट आएकाहरूमा पनि कोरोना भाइरस देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.