काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या चार हजार ८५ पुगेको छ । आज मंगलबार तीन सय २३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ भने नेपालमा कोरोनाबाट मृतकको संख्या १५ पुगेको हो ।

मन्त्रालयकाअनुसार सबैभन्दा धेरै महात्तेरीमा ५० जना कोरोना संक्रमित थपिएका छन् । धनुषामा ४५, चितवनमा २४, रौतहटमा २१, रुपन्देहीमा २०, कञ्चनपुरमा १९, सर्लाहीमा १७ र नवलपुरमा १५ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै सल्यान, नवलपरासी र सिराहामा १२÷१२, बाग्लुङमा ११, कपिलवस्तु र दार्चुला १०÷१०, बाँके ९, डडेलधुरा र सप्तरीमा ७÷७, दाङ ६, सुर्खेत ४, मोरङ ३ र जुम्ला र नुवाकोट २÷२ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै, इलाम, सुनसरी, धादिङ, म्याग्दी र कैलालीमा एकएक जनामा संक्रमण पुष्टि भएको छ ।नेपालमा पाँच सय ८४ जना उपचारपछि निको भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.