हुलाकी न्यूज
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ६९ औं जन्म दिन धुमधामका साथ मनाएका छन् । बालुवाटारमा केक काटेपछि आइतबार दिउँसो चार हेलिकोप्टरमा दलबलसहित पुख्र्यौली घर तेह्रथुमको आठराई पुगेका ओलीले त्यहाँ पनि १५ किलोको केट काटेका छन् । यसका साथै उनले करिब ६ हजार जनालाई भोजसमेत खुवाए ।

सत्तारुढ नेकपाकै नेतृत्वमा रहेको आठराई गाउँपालिकाले ओलीको जन्मोत्सव मनाउन सार्वजनिक बिदा नै दियो । प्रधानमन्त्री ओलीको जन्मदिन एकातिर भव्यताका साथ मनाइएको छ भने अर्कोतर्फ आलोचना पनि व्यापक भएको छ ।

आलोचना जन्म दिन भव्यताका साथ किन मनाइएको विषयमा होइन बरु नक्सालाई लिएर भएको छ । यसपटक ओलीको बर्ड डेमा केकलाई नेपालको नक्साको स्वरूप दिइएको थियो । यहाँसम्म ठिकै थियो । तर, नेपालको नक्सा स्वरूपको केक काटिएपछि प्रधानमन्त्री ओली ट्रोलको शिकार भएका हुन् ।

सार्वभौम राष्ट्र नेपालको नक्सालाई प्रधानमन्त्रीले काटेर बर्ड डे मनाएको भन्दै चौतर्फी विरोध भइरहेको छ । अधिकतरले नक्सा स्वरूपको केट काट्नु गलत र आपत्तिजनक भएको भनेर सामाजिक सञ्जालमा टिप्पणी गरेका छन् । केहीले भने प्रधानमन्त्रीको बचाउ पनि गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.