राजपका कार्यकर्ताहरुलाई रिहा गर्न थर्ड एलायन्सको माग


हुलाकी न्यूज, बाँके ३ असार । तराई मानव अधिकार रक्षक संजाल थर्ड एलायन्स पश्चिम उप क्षेत्रीय कार्यालय नेपालगंजले एक विज्ञप्ती जारी राजपका कार्यकर्ताहरुलाई रिहा गर्न माग गरेको छ । नेपालको अन्तरिम संविधान विपरीत नेताहरुलाई पक्राउ गरेको तथा शान्तिपूर्ण प्रर्दशनमा प्रहरीले हस्ताक्षेप गरेको भन्दै पक्राउ परेका नेताहरुलाई तत्काल रिहा गर्न विज्ञप्ती जारी गरेको हो ।

स्थानीय तहको निर्वाचन बहिष्कारमा उत्रिएको राष्ट्रिय जनता पार्टी (राजपा) ले शनिबार अपरहन्न गरेको लाठी जुलुस प्रदर्शनका क्रममा प्रहरीले १३ जिल्ला नेताहरुलाई पक्राउ गरेको छ । त्रिभूवन चोक नजिकै रहेको पार्टी कार्यालयबाट लाठी जुलुस प्रदर्शनमा उत्रिएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

जारी विज्ञप्तीमा थर्ड एलायन्सका पश्चिम उप क्षेत्रीय संयोजक आलम खानले, ुफरक अभिमतलाई संविधान र कानुन सम्मत ढंगबाट अभिव्यक्त गर्न तथा फरक मतको सम्मान गर्नुमा नै मानव अधिकानरको मर्म अन्र्तनिहित रहने भएकोले बार्ता र संवाद मार्फत तत्काल समस्या समाधान गर्न दुबै पक्षलाई आग्रह गर्दछौ ।

पक्राउ पर्नेमा केन्द्रीय सदस्य रामकुमार दीक्षित, जिल्ला अध्यक्ष मण्डलका अध्यक्षहरु केशवराम बर्मा, लक्ष्मीनारायण बर्मा, फूलचन्द्र तिवारी लगायतका रहेका छन् । त्यस्तै, जिल्ला सचिवहरु महमुद आलम सिद्दिकी, सुरेशकुमार बर्मा र जिल्ला सदस्यहरु राजेन्द्र गुप्ता, मेराज अन्सारी, मोहम्मदरसुल शाह, मनोज बर्मा, किताबुल निशा दर्जी, रामगोपाल बर्मा रहेको प्रहरीले जनाएको छ ।

बाँकेका प्रहरी प्रमखु एसपी टेकप्रसाद राईले भोली आईतबार हुने मनोनयन दर्तामा अवरोध पुर्याउन सक्ने भन्दै राजपाका नेताहरुलाई पक्राउ गरिएको बताए । राजपाका केन्द्रीय उपाध्यक्ष विजयकुमार गुप्ताले शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरी नेताहरुलाई पक्राउ गरेको बताए ।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here