काठमाडौं, १७ बैशाख । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बिनानिष्कर्ष टुंगिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा पछिल्लो समय देखिएको विवादबारे छलफल भएपनि कुनै निष्कर्षमा पुग्न नसकेको बताइएको छ ।

पार्टी भित्रको आन्तरिक समस्या र स्थायी कमिटीका २० सदस्यले माग गरेको स्थायी कमिटी बैठकबारेमा सचिवालय वैठकमा छलफल भए पनि त्यस विषयमा पनि कुनै टुंगो लाग्न सकेन ।

बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैशाख २० गते शनिबार बस्ने सचिवालय बैठकले स्थायी कमिटी बैठक र अन्य विषयमा निर्णय लिन सक्ने जानकारी दिँदै आज भने कुनै निष्कर्ष ननिस्किएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.