काठमाडौं, १६ वैशाख । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक बस्दैछ ।

सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि चरम विवादमा रहेको नेकपाको सचिवालय बैठक आज बस्न लागेको हो । यसअघि, सोमबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपीशर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरूबीच पटक–पटक अनौपचारिक छलफल भएको थियो ।

छलफलमा दुबै पक्षले एकअर्का कुरा बुझ्ने प्रयास भएको थियो । पार्टीमा देखा परेको गतिरोध अन्त्यका लागि सचिवालय र स्थायी कमिटी बैठक बोलाउनुपर्ने विषयमा छलफल भएको र सचिवालय बैठकले नै स्थायी कमिटी बैठक बोलाउने विषयमा निर्णय गर्ने नेताहरूले बताएका थिए ।

सरकारले पार्टीमा छलफल नै नगरी अध्यादेश ल्याएको भन्दै प्रधानमन्त्री ओलीको सर्वत्र आलोचना भएको थियो । दलहरू फुटाउन अध्यादेश ल्याइएको भन्दै आलोचापछि सरकारले यो अध्यादेश फिर्ता लिइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.