नीति अध्ययन गरेर आएका अन्सारीले के साँच्चै मधेशका नीतिमा परिवर्तन ल्यउँलान्


अर्कना खातुन, काठमाडौं ।
भर्खरै मात्र सकिएको प्रदेश नम्वर २ को बीरगंज महानगरपालिकाबाट स्थानिय चुनावको लागि मेयरको उम्मेद्वार रहेका रहबर अन्सारी चुनाव हारेर पनि जीतेकै अनुभव गर्दै छन् । चुनाव हारे पनि चर्चामा रहेका अन्सारी आफु सफल भएको अनुभुति सुनाउँछन् । उनले हंगेरीको बुडापेष्टस्थित सेन्ट्रल युरोपियन युनिभर्सिटीबाट सामाजिक नीति र शासन प्रणालीमा स्नाकोत्तर गरेर नेपाल फर्केर राजनीतिमा हामफालेका छन् । युवा अन्सारी भन्छन्, ‘नेपालमा मनपरि राजनीति हुँदै छ जसलाई हामी जस्ता युवाले व्यवस्थापन गर्न जरुरी भएको छ ।’ उनीसँग हुलाकी न्यूजले गरेको कुराकानीको सम्पादित अंश यस्तो छ ।

आजभोलि केमा व्यस्त हुनुहुन्छ ?
आउँदो चुनावको तयारीमा व्यस्त छु । के कस्ता रणनीति हुनु पर्छ, एकिकरण पछि कसरी सहकार्य गरेर अगाडि बढ्ने, संगठनलाई नयाँ हिसाबले कसरी लाने भन्ने कार्यमै व्यस्त छु । आउँदो दिनमा पार्टीका कार्यकर्ताहरुलाई कसरी परिचालन गर्नेबारे कार्यहरु गर्दैछु ।

जुन पार्टीबाट सुरुवात गर्नु भयो त्यो पार्टी नै रहेन नि ?
पार्टी नै नरहेको होइन् , पार्टी छ । यो वामपन्थी एकताको कुरा हो । पहिलेदेखि नै वामपन्थी विचारका मानिसहरु थिए जुन पछि गएर टुक्रिए । जो पहिलेदेखि नै पार्टी मै रहनु पर्ने थियो, शासनसत्ता मै हुनुपर्ने थियो । तर बीचमा केही तलमाथि भएकाले अलग्गिएका थिए । अलग्गिए पनि सोच र विचार त उस्तै थियो । मजबुती र एकता टुक्रिएको थियो, अहिले आएर सबैको इच्छा अनुरुप सहकार्यमा काम गर्ने भएकोले टुक्रिएको पार्टी फेरि एकता भई पूर्णतामा आयो ।

राजनीति भनेको आर्थिक, सामाजिक, साकृतिक सबै कुरालाई समेटेर शासनसत्तामा रहेर जनताका भावना, इच्छा, महत्वाकांक्षालाई पुरा गर्ने आधार हो । यथास्थिति र जीवनसँग जोडेर चल्र्ने कार्य हो ।

राजनीतिमा हामफाल्नु भयो, राजनीतिलाई कसरी बुझ्नु भएको छ ?
राजनीतिलाई बिभिन्न हिसाबले बुझ्न सुकिन्छ । मेरो विचारमा राजनीति एउटा शासनशक्तिलाई व्यवस्था गर्ने तरिका हो । द्वन्द्व,मदभेदहरु व्यवस्थापन गरेर लैजाने एक प्रणली हो । राजनीति भनेको आर्थिक, सामाजिक, साकृतिक सबै कुरालाई समेटेर शासनसत्तामा रहेर जनताका भावना, इच्छा, महत्वाकांक्षालाई पुरा गर्ने आधार हो । यथास्थिति र जीवनसँग जोडेर चल्र्ने कार्य हो ।

पञ्चायतकाल देखि लिएर राजतन्त्र, गणतन्त्र, लोकतन्त्रसम्म र अहिलेको राजनीतिमा के कस्तो फरकहरु छन् तपाईको विचारमा ?
फरक आधारभूतहरु भनेको त्यो बेलाको समय र अहिलेको समयमा ठूलै फरक छ । उहिले भन्दा अहिले जनताहरु बेसी जागरुक र सचेत छन् । अहिले जनताहरु राजनैतीक हिसाबले आफ्ना हकअधिकारका कुराहरु बुुझ्न थालेका छन् । ज्ञानकै कुरा गर्ने हो भने त्यो बेला राजनीतिका ज्ञान सबैमा थिएन र त्यो ज्ञान हासिल गर्ने अवस्था पनि थिएन । पहिलेको भन्दा अहिले राजनैतिक शिक्षा बढ्न थाले । राजनीतिमा खुला बहसहरु हुन थाले, व्यक्तिहरु राजनीतिमा अकर्षित हुन थालेका छन् । प्राय जसो सबै राजनीतिमा जागरुक भएको पाइन्छ । जुन एक किसिमले धेरै राम्रो हो ।

धेरै तलमाथि पश्चात दुई दशक पछि स्थानीय चुनाव भरखरै सकियो, तपाई पहिलो पटक चुनावी मैदानमा उम्मेदवार हुनु भयो कस्तो रहयो त पहिलो पटकको अनुभवहरु, कठिन कि सजिलो ?
म त यसलाई एकदमै सकारात्मक रुपले लिएको छु । एकदमै ठूलो र राम्रो अनुभव रह्यो । यो अनुभवले मलाई प्रत्यक्ष राजनीतिक प्रशिक्षण दियो र आफ्नै भुगोलका जनतासँग धेरै नजिकबाट जुड्ने मौका पनि दियो । आउने दिनको लागि अभ्यास भयो । बढी मात्रामा ग्रासरुट लेबलबाट बुझ्ने र सिक्ने मौका पाए ।

तपाई एउटा शिक्षित, चिटिक्क परेको युवा, शिक्षितसँगसँगै ट्यालेन्टेड पनि तर किन पत्याएन्न तपाइलाई रु केमा कमि भएको जस्तो लाग्छ ?
चुनाव जित्नको लागि एक दुइवटा मात्र कुराले हुन्न रहेछ त्यो बुझियो । चुनाव जित्नको लागि एउटा संगठनको कुरा आउछ र अर्को एजेण्डा र भिजनका कुराहरु । अर्को कुरा चुनावी समयमा त्यो ठाउँमा पार्टी कुन लहरमा छ ती सब कुराहरु पनि आउछन् । अब मधेश तिर मेरै अनुभवले हेर्दा मधेश पार्टीको लहर मधेशका अधिकारको आवाज उठानको समयमा पर्यो । र अर्को तिरबाट हेर्दा जनताहरु मधेश बिकास गर्नु भन्दा पनि बढी मधेशबादी तिर लागे, जस्तै भन्नु पर्दा विगतका केहि घटनाहरुले गर्दा पनि हुनसक्छ । शिक्षाको कमिले गर्दा जनताहरु पनि स्वय विवेकले निर्णय लिन नसक्ने माहोल छ । लोभलालज जस्ता विकृतिहरुले गर्दा राजनीतिले राम्रो ठाउँलिन सकेको छैन् । यो बस्तारै हटाउनु पर्ने बेलाछ र म आफै पनि यहि प्रयासमा छु कि जनताहरु भविष्यको बिकास तर्फ लागोस् ना कि विकृति तर्फ । अहिले पनि चुनाव स्वच्छ छैन, चुनावमा थुप्रै विकृतिहरुले गर्दा ग्रसित भएको छ ।

तर तपाईले उठाउनु भएको प्रश्नले के था भन्न पनि सकिन्छ, सायद मलाई जानेरै मेलमिलाप मै राजनीतिक खेलाडीले हराउने प्रयास गरेकै होला । म नआउँ नजितु भन्ने त त्यस ठाउँको राजनीतिकदलको चाहना नै थियो । यो सत्यलाई टार्न सकिन्न ।

कि जानी जानी जनता र राजनीति दलहरुकै मेलमिलापमा बाठो युवालाई जिताउँनु हुन्न पछि हामीलाई गाह्रो पर्ला भनेर चलखेल भएको हो कि जस्तो तपाईलाई लागेन ?
यो चुनावी मैदान यस्तो हो जहाँ व्यक्तिगत र पार्टीगत हिसाबले सबै आफु मात्र जित्न चाहन्छन् । एक तर्फी दोष दिन मिल्दैन किनभने मैले पनि जित्नै खाजे र जित्नै चाहेको थिए । तर तपाईले उठाउनु भएको प्रश्नले के था भन्न पनि सकिन्छ, सायद मलाई जानेरै मेलमिलाप मै राजनीतिक खेलाडीले हराउने प्रयास गरेकै होला । म नआउँ नजितु भन्ने त त्यस ठाउँको राजनीतिकदलको चाहना नै थियो । यो सत्यलाई टार्न सकिन्न ।

मेयर हुनु भएन तर चर्चित पक्कै हुनु भएको छ, अबका भविष्यका योजनाहरु के कस्ता छन् कि जसरी हार्नु भयो योजनाहरु खेर गए ?
होईन् मेरा योजनाहरु खेर गएका छैनन् र हराएका पनि छैनन् । पहिले म आफ्नै भुगोल बीरगंजबाट सुरुवात गर्नेछु । पर्सा जिल्लाका युवाहरुलाई फोकस गर्नेछु । मेरा प्रमुख एजेण्डा उद्यमशिलता हुनेछ । युवाहरुलाई तालिम दिएर उद्यमशिल बनाउँने प्रयास रहनेछ । सरकारी होस् वा प्रइभेट विभिन्न स्कूल कलेज तिर गएर तालिमहरु दिनेछु । युवाहरुमा सकारात्मक सोच ल्याउने प्रयास गर्ने छु । जसले गर्दा युवाहरु आफै पनि सहि र गतल छुट्याउन सक्षम होस् । दिएको तालिमबाट रोजगार हुन सकोस् । जितेका मेयरहरु सँगै सहकार्य गरि शिक्षा तथा रोजगारमा लाग्नेछु ।

सबै काममा परिवर्तन ल्याउन, भ्रष्टचार नहुन र दाइजो नलिइ कसैको छोरी बिहे गर्न रहबर अन्सारी  जस्ता १० हजार भन्दा बढी व्यक्ति बीरगंजमा हुनु पर्यो । रहबार अन्सारी  मात्र होइन अरु थप रहबर अन्सारी पनि आउनु पर्यो परिवर्तन ल्याउँन । शिक्षा हासिल गर्नु र शिक्षित हुनु फरक कुरा हो ।  अब हामीले के गर्नु पर्यो शिक्षा हासिल गरेका व्यक्तिलाई शिक्षित भएको अनुभुति गराउँन सक्नु पर्यो । अनि सकारात्मक परिवर्तन आउँन कसले छेक्छ हेरौन् ।

आफ्नै भुगोल बीरगंजबाट बिकास गर्ने परिवर्तन ल्याउने भन्नुभयो, तर कसरी रु किनभने बिरगंज एउटा यस्तो जिल्ला हो जहाँ दाइजो, भ्रष्टचार र अन्य धेरै नराम्रा कार्यहरु हुने ठाउँ हो ?
जुन समाजमा विकृति छ अभाव छ त्यहाँ रातारात परिवर्तन पकै आउँदैन । परिवर्तन कहाँ आउँछ जहाँ कसैले पहल गर्छ । तर, यहाँ कस्तो भयो भने रहबर अन्सारीले जब परिवर्तन आउँछ भन्यो तब साथ दिने व्यक्ति भन्दा पनि प्रश्न गर्ने व्यक्ति धेरै आए । मान्छेहरुले सोचेनन् किन रहबरले भन्दै छ कि परिवर्तन आउँछ भनेर । अब म चाहन्छु सबैले सोचोस् र बुझोस् भनेर पकै आउँछ किनभने स्कोप छ । शिक्षा, दाइजो र भ्रष्टचार सब एक अर्कासँग सम्बन्ध छ, नदेखिएको मात्र हो । सबै काममा परिवर्तन ल्याउन, भ्रष्टचार नहुन र दाइजो नलिइ कसैको छोरी बिहे गर्न रहबर अन्सारी  जस्ता १० हजार भन्दा बढी व्यक्ति बीरगंजमा हुनु पर्यो । रहबार अन्सारी  मात्र होइन अरु थप रहबर अन्सारी पनि आउनु पर्यो परिवर्तन ल्याउँन । शिक्षा हासिल गर्नु र शिक्षित हुनु फरक कुरा हो ।  अब हामीले के गर्नु पर्यो शिक्षा हासिल गरेका व्यक्तिलाई शिक्षित भएको अनुभुति गराउँन सक्नु पर्यो । अनि सकारात्मक परिवर्तन आउँन कसले छेक्छ हेरौन् ।

पदमा रहेर काम गर्न त गाह्रो हुन्छ, तपाई पदमा नरहि कसरी बिकास गर्नु हुन्छ, कठिन हुन्न र ?
कहिलेकाहीं पदमा भएर भन्दा पनि नरहेर काम गर्न सजिलो हुन्छ । पदमा रहेर काम गर्दा हामी बाधिएर काम गर्नु पर्ने हुन्छ । तर पद मै नरहि आफ्नो हिसाबले कामहरु गर्न सक्छु । क्रिएटिभिटि फ्रिडम हुन्छ । हो, तर पदमा नरहि प्रशासनिक काम गर्न गाह्रो हुन्छ । त्यस ठाउँमा मैले पाएको पावरलाई ल्याइ काम गर्न सजिलो हुन्थ्यो । तर, पावर भएर होस् वा नभएर होस् म एक्लैले काम गर्ने होइन् । ठूलो संख्यामा समूह मसँग हुनेछ जस्ले गर्दा मलाई सहि काम गर्न कसैले रोक्न र छेक्न सक्दैन ।

जसरी तपाईले भन्दै हिड्नु भएको छ, पार्टीले र प्रचण्डले मलाई बिश्वास गरेर ल्याए र म उनलाई साथ दिरहने छु । तर के तपाई विश्वस्त हुनुहुन्छ कि प्रचण्डले तपाईलाई साथ लिएरै हिड्नु हुन्छ भनेर किनकि यो त राजनैतिक खेल हो ?
प्रचण्डजी एउटा आर्दश व्यक्ति र हाम्रो पार्टीको अध्यक्ष भएको हुनाले उहाँ एक जना पात्र मात्र हुनुहुन्छ । भोलि अध्यक्ष को होला भन्न सकिन्न । भोलि गएर कुनै पनि राजनीतिक पार्टीले मलाई लिएर नहिड्नु भनेको कतै ना कतै म भित्र राजनीतिक गुण नभएर वा राजनीतिक संस्कार नभएरै होला । ममा कमिकमजोरी पाएरै साथ नदिनु होला । किनभने पार्टीमा कसैलाई साथ लिएर हिड्नु भनेको आफुले पनि आफ्नो खुबि,मुल्याङ देखाउन जान्नु पर्यो । काम गरेर देखाउनु पर्यो नि । पार्टी कै भलोको लागि पनि पार्टीले आफै पनि सहि व्यक्तिलाई छानेर हिड्छ । आफु पनि त एक्टिब हुनु पर्यो नि । अर्को कुरा म कुरेर बस्दिन मलाई कसैले साथ लिएर हिडोस् भनेर । म आफै पनि जागरुक भई मिहिनेत गरेर अगाडि बड्ने छु ।

के तपाई भविष्यको राष्ट्रपति हो त ?
अब त्यो त भविष्यको कुरा हो भन्न सकिन्न् । भोलि गएर आफुमा कस्तो जिम्मेबारी आउँला त्यो पार्टीगत हिसाबले होस, सामाजिक हिसाबले होस् वा राष्ट्रिय हिसाबले होस् जे भएता पनि मैले पाएको जिम्मेबारी सहि तरीकाले गर्ने छु त्यति मलाई था छ । राष्ट्रपति नै हुन्छु भन्दा त्यो अलि बेसी महत्वाकांक्षी हुन्छ । सोच त अहिले त्यस्तो आएको छैन् तर हेर्दै जाऊ समयले मेरो स्वच्छ मेहेनतलाई र मलाई कहाँ पुर्याउने छ । एउटा देशको जिम्मेवार नागरिकको हिसाबले काम गर्दै जाने हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.