हुलाकी न्युज, काठमाडौ–निर्वाचन आयोगले आसन्न संघ र प्रदेशसभा निर्वाचनका लागि १ सय ६५ निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगले हरेक निर्वाचन क्षेत्रमा एक–एक जना रहने गरी मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको जनाएको छ । ्

जिल्ला न्यायाधीश तथा नेपाल न्याय सेवाका राजपत्र द्वितीय श्रेणीका अधिकृतलाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा नियुक्त गरिएको निर्वाचन आयोगले जनाएको छ । त्यस्तै जगेडा अधिकृतको रुपमा अन्य नौ अधिकृतलाई पनि नियुक्त गरिएको आयोगले जनाएको छ । आगामी २४ र २५ गतेको तालिम पश्चात मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत आफ्नो क्षेत्रमा खटिने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । यसैबीच समानुपातिक तर्फको मतपत्र छपाईको काम तीब्र गतिमा भईरहेको आयोगले जनाएको छ ।

मतपत्र छाप्न जनक शिक्षाले ७ वटा मेसिनको प्रयोग गरेको आयोगका प्रवक्ता ढकालले बताए । ७ मध्ये ४ बटा मेसिनले २४ सै घण्टा छपाईको काम गरिरहेको उनले बताए । प्रतिदिन ८ लाख ५० हजारको हाराहारीमा मतपत्र छाप्ने गरी जनक शिक्षा सामाग्री केन्द्रले जिम्मा पाएको छ । आसन्न संघ र प्रदेशसभा निर्वाचनमा १ करोड ५४ लाख २७ हजार ७ सय ३१ मतदाता सहभागी हुनेछन् । आयोगले कुल मतदाताको २० प्रतिशत बढि मतपत्र छाप्ने तयारी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.