निर्मलाका निम्ती न्याय माग्दै सिरहामा प्रदर्शन (फोटो फिचर)

हुलाकी न्युज, सिरहा । बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायको माग गर्दै सिरहामा पनि प्रदर्शन गरिएको छ । ‘निर्मलाका निम्ती न्याय’ अभियान अन्तर्गत देशभर प्रदर्शन भइरहेको बेला शनिबार सिरहाको महाबिर चौक र हेमनारायन चौकमा प्रदर्शन गरिएको हो ।
 
दिउँसो ३ बजे भएको प्रदर्शनमा युवाहरुले निर्मला पन्तलाई न्याय दिन माग गरेका छन् । उनीहरुले घटना भएको लामो समय भईसक्दा पनि बलात्कार र हत्यामा संलग्न ब्यक्ति पत्ता लगाउन नसकेको भन्दै सरकारको आलोचना समेत गरेका छन् ।
 
प्रहरीले मानसिक सन्तुलन गुमाएको निर्दोष ब्यक्तिलाई पक्राउ गर्नु लज्जास्पद भएको प्रदर्शनमा सहभागी सिरहाका स्थानिय युवा जितेश कर्णले बताईन् । निर्मला हत्या काण्डमा सरकारले देखाएको उदासिन र दोषीलाई संरक्षण गरेको भन्दै सरकारको कडा आलोचना समेत गरिएको छ । निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न ब्यक्तिलाई चाँडो भन्दा चाँडो पत्ता लगाइ कडा भन्दा कडा सजाइको उनको माग रहेको छ् ।
 
प्रदर्शनमा सहभागिहरुले बिभिन्न खाल्का नारा लेखिएका कार्डहरु छातीमा टाँसेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.