काठमाडौं, २३ चैत । अमेरिकाले विमान चार्टर्ड गरेर आफ्ना नागरिकलाई नेपालबाट लगिरहेको छ ।

यसक्रममा आइतबार पनि अमेरिकी विमान नेपाल आइपुगेको छ । आफ्ना नागरिकलाई लैजान विमान आएको हो । नेपालमा रहेका करिब एक हजार नागरिकलाई अमेरिकाले आफ्नो देश लगिसकेको छ ।

अभिनेता सरोज खनाल पनि अमेरिका फर्कनेमा पर्छन् । उनी आइतबार अमेरिका फर्कन लागेका हुन् । खनालले ग्रिनकार्ड पाइसकेकाले उनी अमेरिकी नागरिक हुन् ।

सरोज खनालका सबै परिवार अहिले अमेरिकामै छन् । दुई छोरामध्ये एक छोरा अमेरिकी सेनामा कार्यरत छन् । अर्को छोराले व्यापार व्यवसाय गर्दै आएका छन् । केही समयअघि मात्रै खनाल पत्नी सूर्यमाला खनाल अमेरिका गएकी थिइन् ।

छोराको सन्तान स्याहारसुसार गर्न सूर्यमालाले ‘आमा’ चलचित्र खेल्न छाडेर अमेरिका गएकी थिइन् । सरोज भने नेपालमै व्यवसायमा लागेका थिए ।

तर, यतिबेला अमेरिका कोरोनाभाइरसको चक्रब्यूहमा फसेको छ । आफ्नो परिवार नै अमेरिकामा रहेकाले सरोज पनि कोरोनाबाट तुलनात्मक सुरक्षित नेपाल छाडेर अमेरिका फर्केको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.