दाङ, १८ चैत । अस्पतालमा काम गरेको भन्दै नर्सलाई डेराबाट निकाल्ने वडा सचिव पक्राउ परेका छन् ।

कोरोना संक्रमण हुन सक्ने भन्दै नर्सलाई डेराबाट निष्काशन गरेको अभियोगमा घोराही उपमहानगरपालिका वडा नम्बर २ का वडा सचिव नारायण आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

सचिवको घरमा डेरा गरि बस्दै आएकी नर्स सृजना खड्काका कारण कोरोना संक्रमण हुन सक्ने भन्दै खड्कालाई डेराबाट उनले निष्काशन गरेका गरेका थिए ।

घोराहीस्थित बुद्ध ईन्टरनेशनल हस्पिटलमा कार्यरत नर्स खड्का गत मंसिरदेखि आचार्यको घरमा डेरा गरि बस्दै आएकी थिइन् । नर्स खड्काका अनुसार उक्त कोठामा खड्काकी एकजना साथी र ती साथीका दाजु बस्दै आएका थिए ।

अस्पतालले विदा नदिने भएपछि खड्काले डेरा छोड्नु परेको थियो। उनी अहिले होटेलमा बस्दै आएकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.