हुलाकी न्यूज, बाँके । नरैनापुर गाँउपालिकाका अध्यक्ष इस्तीयाक अहमद शाहले आफूले नरैनापुर गाँउपालिकाको विकासका लागि मरिमेटेर काम गरेको र यसलाई विकासको नमूना क्षेत्र बनाउने संकल्प लिएको बताएका छन् ।

नरैनापुर गाउँपालिकामा आइतबार सनराईज बैंकको उदघाटन गर्दै शाहले ‘बैकिंग कारोबारको समस्याबाट जनता मुक्त गर्न सफल भएको बताउदै उनले कृषि आधुनिकिकरण हुनेछ । विकासका अधुरो काम पुल,कल्र्भट निर्माण पुरा हुने छन् । बाटोहरु पिच हुने छन् । शुद्ध खानेपानीको प्रवन्ध हुनेछ । विद्युतको ब्यवस्थित वितरण हुनेछ । पोल वितरण गरिने छ, ट्रान्समिटर राखेर विद्युत सप्लाई सहज वनाइने छ । स्वास्थ्य सेवा लगायतका आधारभूत सेवा सहज रुपमा उलब्ध गराउने बताउनुभयो ।’

उनले ‘केही तत्वहरु विकास र समृद्धिको बाधकको रुपमा देखा परेको उल्लेख गर्दै शान्तिपूर्ण ढंगले प्रतिस्पर्धा गर्ने संसदीय व्यवस्थामा विश्वास नगरी अधिनायकवाद र निरंकुशताको बाटोमा गए त्यस्ता व्यक्तिहरुलाई जनताले किनारा लगाइदिने दाबी गरे । साथै सडक निमार्णका लागि ठेक्का दिई सकेको बताउदै ५ वर्षभित्र सबै बाटोहरु कालोपत्रे गर्ने समेत दाबी गर्नुभयो । बैंक उदघाटना कार्यक्रमलाई सम्बोधन गर्दै सनराईज बैकका निर्देशक गुरु प्रसाद पौडेलले निकै बिकट क्षेत्रको रुपमा चिनिएको नरैनापुर गाँउपालिकामा जनताको माग बमोजिम सेवा गर्न पाएको प्रति खुशी लागेको बताउदै बैंकको शाखालाई गाउँ गाउँमा पुर्याउदै वित्तीय पहुँच पुर्याउने बैंकको लक्ष्य बमोजिम नरैनापुरमा बैंक स्थापना गरेको बताउनु भयो ।’

नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल भट्टराईले ‘स्वागत मन्तव्य राख्दै बैंकको स्थापनासँगै विकासले गतिलिएको बताउनु भयो । उक्त शाखाबाट निक्षेप संकलन सहज र सरल रुपमा कर्जा प्रवाहको साथमा एसएमएस बैकिङ्ग, सुनधितोमा कर्जा सुविधा, लघुवित्त सेवा, रेमिट्यान्स सेवा, सहितको पूर्ण बैकिगं सेवा संचालनमा ल्याएको पौडेलले जानकारी गराउनु भयो ।’ बैंक उदघाटन कार्यक्रममा जनप्रनिधिहरु, सशस्त्र प्रहरी, जनपद प्रहरी र स्थानीय जनताको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.