हुलाकी न्युज, कैलाली प्रहरीले जुवा खेलिरहेको अवस्थामा आज एक लाख ६४ हजार नगदसहित आठ जनालाई पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका–५ हसनपुरस्थित तीर्थराज पन्तको घरमा नगदसहित आठ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वीरबहादुर बुढामगरले जानकारी दिनुभयो ।

उहाँले जुवा ऐनअनुसार उनीहरुलाई कारबाही गरिने बताउनुभयो । जुवा खेलाउने घरमुली पन्तलाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.