धरौटी बुझाएर सीके राउतका चार कार्यकर्ता रिहा


हुलाकी न्यूज, राजविराज :
स्वतन्त्र मधेश गठबन्धनका चार जना कार्यकर्ता रिहा भएका छन्। जनही ५० हजार धरौटी बुझाएर उनीहरु रिहा भएका हुन्।

मधेश बलिदानी दिवसमा कार्यक्रम गरेका चारै जनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो।

रिहा हुनेहरुमा राजविराज नगरपालिका वडा नम्वर ११ फर्सैठका २३ वर्षिय श्याम कुमार यादव, १९ वर्षिय सरोज कुमार यादव, सप्तकोशी नगरपालिका वडा नम्वर १० फत्तेपुरका १९ वर्षिय अबिनास पण्डित र तिलाठी कोईलाडी गाउँपालिका वडा नम्वर २ का २८ वर्षिय सुशील मण्डलल छन्।

फागुन २ गते जिल्ला अदालतले धरौटी माग गरेको थियो। उनीहरुले सामुहिक रुपमै धरौटी बुझाउन अस्वीकार गरेपछि जेल चलान गरिएको थियो।

उनीहरुले आफुहरुले बलिदानी दिवस मनाउने क्रममा पक्राउ परेको भन्दै गम्भीर अपराध नगरेको दावी गर्दै धरौटी बुझाउन अस्वीकार गरेका थिए। बलिदानी दिवसकै दिन पक्राउ परेका ७ जना महिला तथा अन्यलाई रिहा गरिए पनि चार जनालाई भने रिहा नगरी जिल्ला प्रहरी कार्यालय सप्तरीले बालबालिका दुरुपयोग कसुर मुद्दा दर्ता गरी कार्वाही प्रक्रिया अगाडि बढाएको थियो।

रिहा भएका उनीहरुलाई स्थानीयवासीले फुलमालाले स्वागत गरी राजविराज परिक्रमा गराएका छन्।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.