धनुषा : टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

30

accident
हुलाकी न्यूज, धनुषा ९ असोज । जनकपुर उपमहानगरपालिका–२३ स्थित जनकपुर जलेश्वर सडकखण्डमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

बा.३ ख ५३७५ नम्बरको टिपरले ज.५ प ७८३ नम्बरको मोटरसाइकललाई आइतबार ठक्कर दिँदा भएको दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक महोत्तरी मटिहानी–३ बस्ने २४ वर्षीय पप्पु महतोको जनकपुर अंचल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । सवारी साधन र टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here