हुलाकी न्यूज, जनकपुरधाम:- धनुषाको हंसपुर नगरपालिका वडा नं.६ सोनिगामामा सन्तोषी मेलाको उदघाटन समारोह आज सम्पन्न भएको छ।

माँ सन्तोषी सेवा समिती सोनिगामाको आयोजनामा संन्तोषी मेलाको उदघाटन जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतले गरेको छ।

शुक्रबारदेखी सोनिगामा सुरु भएको सन्तोषी मेलामा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरिएको छ।भव्य रुपमा लाग्ने त्यो मेलामा आसपास गाउँका सर्वसाधारणहरु सहित विभिन्न ठाउँबाट हजारौंको सँख्यामा सर्वसाधारणहरु मेला हेर्न आउने मेला समितिका अध्यक्ष राजेश यादवले बताएको छ। उक्त मेला शुक्रबार देखी आइतबारसम्म लागने भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.