कैलाली, १६ वैशाख । धनगढीकी कोरोना संक्रमित महिलाको पाँचौ रिपोर्ट पनि पोजेटिभ आएको छ ।

२५ दिनदेखि सेती अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–५ की ३४ वर्षीय महिलाको पाँच पटकसम्म गरिएको थ्रोट स्वाब परीक्षणको रिपोर्ट पनि पोजेटिभ आएको हो ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले चैत २२ गते कोरोना पुष्टि भएपछि संक्रमित महिलाको पाँच पटकसम्म परीक्षण भइसकेको र सबै रिपोर्ट पोजेटिभ आएको जानकारी दिए ।चिकित्सकहरूको सल्लाहअनुसार उनको थ्रोट स्वाब फेरि परीक्षण गरिनेछ ।

अहिले सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उनको मात्रै उपचार भइरहेको छ । यी महिलाको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.