यूएईमा एनआरएमएको दिपावली तथा छठको शुभकामना कार्यक्रम सम्पन्न

हुलाकी न्यूज, यूएई:- विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) यूएई दुबईद्वारा जबिल पार्कमा दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

शुक्रबार कार्यक्रममा एनआरएमएको अन्तर्राष्ट्रिय समितिका अध्यक्ष बसन्त कुशवाहाले दिपावली तथा छठ पर्कको शुभकामना दिदै मधेश तथा विदेशमा रहेको मधेसी युवाहरुको वर्तमान अवस्थाको विषयमा चर्चा परिचर्चा गरेका थिए ।

आफ्नो पहिचान र धर्म संस्कृति लाई विदेशी भूमिमा भएपनि कायम राख्न एनआरएमएले दुबईमा समेत कार्यक्रमलाई निरन्तरता दिएका हुन।

कार्यक्रममा मदन यादव, जग नारायण मण्डल, राकेश जयसवाल, सरोज यादव, बिनोद पासवान, सन्त साह, शम्भु महरा, पवन यादव र अमित शर्माले समेत शुभकामना मन्तव्य राखेको थियो।

उत्त कार्यक्रम हरिदेव शर्मा, नगीना महतो, मनोज यादव, धर्मेन्द्र यादव ,ब्रिजेश त्रिपाठीलगाइतको उपस्थितिमा शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.