भारत । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले लकडाउनका कारण समस्यामा परेका मजदुरहरूलाई प्रतिव्यक्ति पाँच हजार रुपैयाँ राहत दिन घोषणा गरेका छन् ।

मुख्यमन्त्री केजरीवालले दिल्लीमा निर्माण कार्यमा संलग्न सबै मजदुरलाई प्रतिव्यक्ति पाँच हजार भारु दिने बताएका हुन् । कोरोना भाइरसको महामारीका कारण यस समयमा निर्माण कार्य रोकिएका छन् ।

मजदुरहरूको जीविका चलाउन सहज होस् भनेर उनीहरूलाई सहयोग प्याकेज दिने केजरीवालले बताएका छन् । केजरीवालले ट्वीट गरेर यस्तो जानकारी दिएका छन् ।

सबै दैनिक ज्यालादारी मजदुरहरूलाई काम गर्न नपाउँदा निकै गाह्रो हुने अवस्था आउन नदिन उनले यस्तो घोषण गरेका हुन् । सोमबारदेखि दिल्लीमा लकडाउन छ । मंगलबार रातिदेखि भारतभर नै लकडाउन गरिएको छ ।

दिल्ली बीओसीडब्ल्यू अन्तर्गत करिब ४ लाख मजदूर दर्ता भएका छन् । यो रकम प्रमाणीकरणपछि उनीहरूको खातामा राखिने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.