थारु कल्याणकारिणी सभाको राष्ट्रिय भेलाको तयारी पूरा, भावी रणनीति तयार पारिने

हुलाकी न्यूज, काठमाडौं, ६ कार्तिक । थारु आन्दोलनको भावी कार्ययोजना र रणनीति तयार पार्न आयोजना हुन लागेको थारु कल्याणकारिणी सभाको राष्ट्रिय भेलाको तयारी पूरा भएको छ । नवलपरासीको डण्डामा कात्तिक ८ र ९ गते हुने मञ्च भोलको तयारी पुरा भएको नवलपरासी संयोजक गणेश थारुले बताए । ‘भेलाका लागि आवश्यक तयारी पूरा भएको छ,’ उनले भने ।

पछिल्लोपटक तराई क्षेत्रमा थारु समुदायले गरेको आन्दोलनलाई निर्णायक बनाउन थारु कल्याणकारिणी सभाले राष्ट्रिय भेला आह्वान गरेको आन्दोलन परिचालन समितिका संयोजक राजकुमार लेखीले बताए । उनले भेलामा अहिलेसम्म भएको थारु आन्दोलनको समिक्षा हुने र भावी कार्ययोजना तयार गरिने बताए ।

भेलामा थारु कल्याणकारिणी सभाको २४ जिल्लाका अध्यक्षहरु, केन्द्रीय समितिका पदाधिकारी, २४ जिल्लाकै आन्दोलन समितिका संयोजक, क्षेत्रीय पदाधिकारी र गाविस स्तरिय संघर्ष समितिका संयोजक सहभागी हुनेछन् ।

थारु कल्याणकारिणी सभा आन्दोलन परिचालन समितिका संयोजक लेखीका अनुसार राष्ट्रिय भेलामा थारु युवा सभा र थारु महिला सभाका अगुवाहरु समेत सहभागी हुनेछन् ।

तस्विर : थारुवान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.