India-Nepal-Tharu-Vela-16
हुलाकी न्यूज, काठमाडौं १८ बैशाख ।
मधेश–थरुहट आन्दोलनमा राज्य पक्षबाट दमनमा परेका थारु समुदाय भारतीय थारुहरुसँग सहकार्य गर्नमा जुटेका छन् ।

थारुहरुले शैक्षिक तथा समाजिक विषयलगायत राजनीतिक विषयमा पनि भारतसँग सहकार्य गर्न अग्रसर भएका छन् ।

चितवनको सौराहामा दुई दिने ‘नेपाल–भारत थारु अन्तर्राष्ट्रिय सम्मेलन’ सम्पन्न भएको छ ।

सम्मेलनले तीन बुँदे सौराहा घोषणा पत्र पनि जारी गरेको छ । घोषणा पत्रमा सहकार्य गरेर जाने विषयमा जोड दिइएको छ ।

Tharu_ghoshna_partra

उक्त सम्मेलनबाट ‘नेपाल भारत सहकार्य संघ’ पनि गठन गरिएको छ । ११ सदस्यीय उक्त संघको संयोजक सुरेन्द्र चौधरी छन् भने सदस्यहरुमा थारु अगुवा महाविर चौधरी, मिनराज चौधरी, पत्रकार मदन चौधरी, लक्ष्मी चौधरी, नन्दु सरदार, लक्ष्मी चौधरी, ललित चौधरी र युवा नेतृ इन्दु चौधरी छन् । बाँकी दुई जना सदस्य पछि थपिनेछ ।

भारतद्वारा थारु संग्रहालयलाई पाँच करोड सहयोग

भारत सरकारले थारु संग्रहालयलाई पाँच करोड सहयोग गर्ने भएको छ । संग्रहालयको स्तरोन्तीका लागि उक्त सहयोग गरिनेछ ।

सम्मेलनको उदघाटन सत्रमा भारतीय दुतावासकी कन्सुलर रन्जु रंजनले उक्त रकमको घोषणा गरेकी छन् ।

रंजनले मधेशी–थारुहरुसँग भारतको रोटी बेटीको सम्बन्ध कायम रहेको बताउँदै सहयोग र सहकार्यका लागि आफुहरु तत्पर रहेको बताए ।

India-Nepal-Tharu-Vela-17

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.