काठमाडौं, १४ वैशाख । त्रिभुवन विश्वविद्यालयले अनलाइन माध्यमबाट पठनपाठन गराउन आचारसंहितासहितको निर्देशिका जारी गरेको छ ।

विश्वविद्यालयले अनलाइनबाट गरिने कक्षा सञ्चालनसम्बन्धी निर्देशिका २०७७ तयार पारेर कार्यकारी परिषद्बाट स्वीकृत गरेको हो । अनलाइन कक्षा सञ्चालन गर्दा इन्टरनेटको दुरुपयोग हुनसक्ने भएकाले कानुन र आचारसंहिता जरुरी हुने भएकाले निर्देशिका जारी गरिएको हो ।

निर्देशिकामा आचारसंहिता र कारबाहीको प्रावधानसमेत राखिएको छ । विद्यार्थी, शिक्षक र कर्मचारीले आचारसंहिता उल्लंघन गरेमा विश्वविद्यालयले कारबाही गर्ने चेतावनी दिइएको छ ।

निर्देशिका बमोजिम कलेज, स्कुल र विभागले तोकेको कक्षामा सम्बन्धित विद्यार्थीलाई अनलाइनमार्फत् अनिवार्य उपस्थित हुनुपर्नेछ र औपचारिक पोशाकलाई अनिवार्य गरेको छ ।

लकडाउनको अवधि लम्बिँदैं जाँदा ११ वटै विश्वविद्यालय र विद्यालय तहमा पनि अनलाइन कक्षा चलाउन थालिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.