तराई–मधेश स्वतन्त्र भएको त्यो दिन (मधेशको इतिहास)

जयकृष्ण गोइत

इतिहासको जगमाथि नै वर्तमानको निर्माण हुन्छ । इतिहासको संम्बन्ध अतीतसंग मात्र नभई वर्तमान र भविष्यसंग पनि रहेको हुन्छ । इतिहासको निर्माण तथ्यहरुबाट हुन्छ र तथ्य लाटो हुन्छ | तर यस लाटो तथ्यहरुलाई अभिव्यक्त गराउन कार्य इतिहासकारले गर्दछ | इतिहासलाई कसैले बदल्न सक्दैन, तर इतिहासकारले बदल्न सक्छ र खास गरी शासक
समुदायको धेरै जसो इतिहासकारहरुले यस्तो गरेका छन् |

विश्वको इतिहासमा जति जति वेला जुन जुन ठाउँमा एक समुदाय अर्को समुदायमाथि शासन गर्न आएका छन्, त्यहाँ त्यहाँ प्राकृतिक ढगले शासक समुदायका इतिहासकारहरुले तथ्यको प्रयोग आफ्नो समुदायको स्वार्थ अनकुलको व्याख्या नै आ-आफ्नो रचनामा गहन रुपले गर्दै आएका छन् | यसको उद्देश्य आफ्नो शासकीय समुदायको हित साधन नै रहेको छ | यस्तो स्थितिमा इतिहास आफ्नो मूल उदेश्यबाट बिचलित हुन जान्छ | इतिहासको अध्ययनमा तथ्यको स्थान सर्वोपरी रहेको छ | भनिन्छ -जसले सत्य तथ्य इतिहास जान्दैन, त्यसले आफूलाई पनि चिन्दैन, यानी इतिहासले पहचान दिन्छ अर्थात चिनाउने कार्य गर्दछ ।

नेपालमा पढिने–पढाइने र चर्चामा रहेकोका इतिहासका सामग्री अनुसार नेपालको पहिलो शाहवंशी राजा पृथ्वी नारायण शाहले आफ्नो जीवनकालमा ब्रिटिश विरोधी सशस्त्र सन्यासी विद्रोह दमन तथा प्रतिवर्ष भित्री तराईको तिरो वापत हात्ती र बाहिर तराईको तिरो वापत नगद रकम बुझाउँने शर्तमा तराई प्रदेशको जिमिन्दारी ब्रिटिश ईष्ट इण्डिया कम्पनीबाट लिए ।

इतिहासको घटनाक्रममा राजा पृथ्वी नारायण शाह, राजा प्रतापसिंह शाह, बालक राजा रणबहादुर शाहका नायब महारानी राजेन्द्रलक्ष्मी देवी शाह र नायब राजकुमार बहादुर शाहको ब्रिटिशप्रतिको मित्रवत् र व्यवहारपरक नीति उनीहरुपछिका नेपालका भाई भारदारहरुका लागि बढी अग्राह्य र अरुचिकर बन्न पुग्यो ।

संसारको जङ्गे मैदानमा ब्रिटिशका ज्यानी दुस्मन भैरहेका फ्रांसका सेनापति र विशेषज्ञलाई नेपालमा झिकाई ब्रिटिश सैनिकसित युद्ध क्षेत्रमा मुकाबिला गर्नका निम्ति नेपाली फौजलाई तालिम जनरल भीमसेन थापाले गराए । भारतीय उपमहाद्वीपमा वेलायत र फ्रान्सको द्वन्द्व चलिरहेको वेला नेपाल फ्रान्सको पक्षमा लागे ।

नेपाल विस्तार अभियानलाई सन् १७८९ मा तिस्टा नदीदेखि पूर्व बढनबाट सिक्किमी र भूटानी सेना, सन् १७९२ मा वर्तमान उत्तरी सीमादेखि अगाडि बढनबाट तिब्बती र चीनी सेना, सन् १८०९ मा सतलज देखि पश्चिम बढनबाट काँगडाली र सिख सैन्यवलले रोकी दियो ।

तर, दक्षिणमा नेपालको कम्पनी क्षेत्रमा आक्रमण, झडप, लुट, आगजनी आदि जारी नै रहियो । मुजफ्फरपुर डिस्ट्रिक्ट गजेटियर अनुसार सन् १८१३ सम्ममा नेपाली फौजले तिरहुतको लगभग २०० गाउँहरुलाई कब्जामा लिएका अनेक गाउँमा सम्पति लुटेर आगो लगाई दियो । ११ मार्च,१८१४ मा कम्पनी सरकारका गभर्नर जनरल लार्ड मर्क्विस आँफ हेस्टिडले नेपाल दरवारलाई चेतावनीपूर्ण एउटा पत्र पठाए । गभर्नरको चेतावनी पत्र पाएर भीमसेन थापाले भारदारी सभा बोलाएर युद्ध गर्ने निर्णय लिइयो । सन् १७९२ को वेत्रावती-सन्धि अनुसार नेपालले सैनिक सहयोगको लागि चीन पत्र पठाए |

अब नेपाल र कम्पनी बीच युद्ध अपरिहार्य हुन गयो । तर लॉर्ड हेस्टिंग्सको सामू दुईवटा कठिनाई थियो । पहिलो त लॉर्ड हेस्टिंग्स चाहन्थ्यो कि युद्ध घोषणा गर्नु भन्दा पूर्व नेपालमा व्यापार गरिराखेका ब्रिटिश नागरिकहरुलाई पुँजी सहित नेपालबाट वापस बोलाइ हाल्ने, दोस्रो यदि युद्ध लामो समय सम्म चल्यो भने निकै खर्चको आवश्यकता हुने । त्यसको पनि प्रबन्ध गरि हाल्ने । त्यसवेला कम्पनी सरकारको आर्थिक अवस्था पनि राम्रो थिएन, उसको हुन्डी बाह्र प्रतिशत बट्टामा मात्र बाजारमा बिक्री हुन्थियो । अतः नेपालसित युद्धको निम्ति आवश्यक धनको खोजीमा लॉर्ड हेस्टिंग्स कलकत्ताबाट लखनऊ पुगे | अवधको नवाब वजीर गाजीउदीन हैदरबाट नगद अढाई करोड रुपैया कर्ज लिए । त्यसपछि लॉर्ड हैस्टिंग्सले विस्तृत सैन्य योजना तयार पारी लखनऊ बाट नै १ नवम्बर १८१४ मा नेपालसंग युद्धको घोषणा गरे ।

औपनिवेशिक उत्पीडनको विरुद्ध विद्रोह गर्नु औपनिवेशिक उत्पीडनमा परेका जनसमुदायको नैसर्गिक र जन्मसिद्ध अधिकार एवं कर्तव्यको सर्वमान्य सिद्धान्त अनुसार नेपाली चरम औपनिवेशिक उत्पीडनका शिकार तराईवासीहरुले नेपाली शासनको विरुद्ध विद्रोह गरेर आफ्नो शत्रुको शत्रु मित्र हुने मान्यता अनुरुप ब्रिटिश ईष्ट इण्डिया कम्पनीसंग मिलेर नेपालको साथ सशस्त्र युद्ध लडे । युद्धमा नेपाल पाराजित भए ।

युद्ध विरामपछि २८ मई, १८१५ को नेपालले आवश्यक अधिकार–पत्रको साथ राजगुरु गजराज मिश्रलाई कम्पनी सरकारका प्रतिनिधि मेजर पेरिस ब्राँडशाँसँग सन्धि वार्ता गर्न सुगौली पठाए । कम्पनीका प्रतिनिधि र
नेपालका प्रतिनिधि बीच केहि महिनासम्म कैयौं पटक संन्धि वार्ता भए । नेपालले तिस्टादेखि मेचीसम्म तथा महाकालीदेखि सतलज सम्मको भूभाग युद्ध अपराधमा कम्पनीलाई सुम्पियो । कम्पनीले नेपाललाई प्रतिवर्ष तिरो तिर्न शर्तमा दिएको मेचीदेखि महाकालीसम्मकोे तराई समेत फिर्ता लिए । सिक्किमसँगको विवादमा नेपालले कम्पनी सरकारको निर्णय मान्नु पर्ने, ब्रिटिश सरकारको अनुमति विना कुनै यूरोपियन वा अमेरिकनलाई आफ्नो कुनै विभागमा भर्ना न गर्न सक्ने, काठमाण्डौंमा ब्रिटिश स्थायी प्रतिनिधि(रेजिडेण्ट) राख्नु पर्ने शर्त पनि नेपालले स्वीकारे ।

नेपाल सरकारको आम्दानीको मुख्य साधन नै तराई थियो र नेपालको अधिकांश सरदारहरु र भारदारहरुका जागीर तराईमै थिए । अतः कम्पनी सरकारले मेचीदेखि महाकालीसम्मका तराई फिर्ता लिएपछि नेपाललाई ठूलो आर्थिक समस्या उत्पन्न हुने भए । नेपाल पक्षको पटक–पटकको अनुनय–विनयपछि कम्पनी सरकारले नेपालका सरदारहरु र भारदारहरुको पेन्शनको लागि दुई लाख रुपैया सालाना दिने सहमत भए ।

यसरी संन्धि वार्ता पश्चात सुगौलीमा तयार पारिएको प्रस्तावित सन्धि–पत्रमा २८ नवम्बर, १८१५का दिन राजगुरु गजराज मिश्रले हस्ताक्षर गरिदिए । त्यस्तै २ दिसम्बर, १८१५का दिन ब्राँडशाँले पनि सही गरि दिए । यस दिन देखि पन्ध्र दिनभित्रै नेपालका राजाको स्वकृतिको लागि गजराज मिश्र सन्धि–पत्र लिएर काठमाण्डौं गयो । नेपालका राजाको स्वकृति पछि ब्राडशॉ मार्फत यस उपर बीस दिन भित्रै वा सम्भव भए यस भन्दा पनि शीघ्र नै गभर्नरको स्वीकृत लिइने थिए ।

अन्तिम शर्त अनुसार निश्चित समयभित्र नेपालले सन्धि–पत्र स्वीकृत गरेन । तराई त्यागनुको सट्टा कम्पनीसँग पुनः युद्ध लडने निर्णयमा नेपाल दरवार पुग्यो । नेपालले प्रस्तावित सुगौली संधिको सन्दर्भमा मौन बसेर भावी युद्धको पूर्व तैयारीमा लाग्यो । ल्हासा स्थित चीनियाँ अम्बान (राजनीति प्रतिनिधि)द्वारा सैनिक सहायता-पत्र बीजिंग पठाएको खबर नेपाल दरवारमा प्राप्त भयो । यस खबरबाट चिनियाँ सैनिक सहायता प्रति आश्वस्त नेपाल दरवार प्रस्तावित सन्धि-पत्रलाई उपेक्षा गरेर राजधानी काठमाण्डौंको प्रवेश मार्गोंको सुरक्षामा लाग्यो ।

नेपालीहरुको षडयन्त्रपूर्ण धोखेवाजीको जानकारी पाउनासाथ यसपाली पनि अवधका नवाव गाजीउदीन हैदरबाट नगद एक करोड रुपैया कर्ज लिए । सन् १८१६, फरवरी को प्रारम्भिक सप्ताहमा मेजर ऑक्टरलोनीको नेतृत्वमा बीस हजार फौजको दल भिच्छाखोरी(हाल अमलेशगंज)को बाटो काठमाण्डौं कब्जा गर्न पठाए |

सन् १८१६, फरवरी २७ का दिन मकवानपुरगढीमा र फरवरी २९ का दिन हरिहरपुरगढीमा भएको पुनरावर्तित युद्धमा पनि नेपाल पराजित भए ।

मकवानपुरगढी र हरिहरपुरगढीको युद्धमा विजयी भई हेटौंडामा सैन्य शिविर खडागरि जनरल ऑक्टरलोनीले काठमाण्डौं हान्ने बढदै आइरहेको समाचार पाउन साथ उत्ताउलो सैन्यवादको नीतिबाट सम्पूर्ण समाप्त हुनलागेको नेपाललाई जे–जति हुन्छ बचाउनको लागि नेपाल दरवारले प्रस्तावित सुगौली–सन्धि स्वीकार गर्नु नै श्रेयस्कार ठान्यो । अन्ततः ३ मार्च, १८१६ का दिन नेपाल दरवारद्वारा सुगौलीको प्रस्तावित सन्धि–पत्रमाथि स्वीकृतिको लालमोहर सदर गरियो । ४ मार्च, १८१६ का दिन अप्राहान २ः३० बजे गजराज मिश्र र चन्द्रशेखर उपाध्यायले नेपाल दरवारद्वारा लालमोहर सहित स्वीकृत भएको सन्धि–पत्र हेटौंडाको सैनिक छाउनीमा हाजिर भएर ऑक्टरलोनीलाई बुझाए ।

शर्तानुसार नेपाल सरकारले उक्त सन्धि १५ दिन मै स्वीकार नगरी आफ्नो बेइमानी देखाए वापत चन्द्रशेखर उपाध्यायलाई साह्रै अपमानजनक व्यवहार सहनु प¥यो । यसरी युद्धमा पुन विजयी भएकोले ऑक्टरलोनीले गजराज मिश्र र चन्द्रशेखर उपाध्यायलाई स्पष्ट भनेकि नेपालीहरुले सुगौलीवाला सन्धि–पत्र मात्र स्वीकार गरेर छुट्टी पाउने छैनन् । पुनरावर्तित युद्धको बढावमा कम्पनी फौज जहाँसम्म बढन सक्यो, त्यो भू–भाग पनि अब उनीहरुको अधिकार क्षेत्रभित्र हुनु पर्दछ । पराजित र लाचार नेपालीहरुले यस कुरामा पनि नाई नास्ति गर्ने ठाउँ पाएनन् ।

तर, नेपालमाथिको पूर्ण आधिपत्यबाट ब्रिटिश ईष्ट इण्डिया कम्पनी अधीनस्त भूभागको सीमाना तिब्बतको पठारसँग जोडिन जानाले कम्पनी अधीनस्त भूभागको सम्पूर्ण सामरिक परिवेश नै फरक पृष्ठभूमिमा परिभाषित हुन जाने कुरामा ब्रिटिशहरु सतर्क थियो । त्यसैले कम्पनी अधीनस्त भूभाग र चीनको सीमामा तिब्बत पछि दोस्रो लहरका बफर(मध्यवर्ती) राज्यहरुको भूमिकामा काश्मिर, सिक्किम, भूटान, उत्तरपूर्वी सीमाप्रान्तसँग नेपाल पनि रहिरहोस भन्ने सोचाईमा ब्रिटिशहरु दृढ थियो । त्यसैले दुबै पक्षबीच सन्धि–पत्र आदान–प्रदान भयो ।

४ मर्च, १८१६ नेपालको राज दरवारद्वारा लालमोहर सदर सुगौलीको सन्धि–पत्र ब्रिटिशलाई सुम्पिएपछि वैधानिक रुपमा नेपाली शासनबाट हाम्रो मातृभूमि मेचीदेखि महाकालीसम्मका ‘तराई’ मुक्त भएको दिन । हाम्रो महान् वीर पूर्खाले सशस्त्र युद्ध लडेर हाम्रो मातृभूमि ‘तराई’ नेपाली शासनबाट मुक्त हुने ४ मार्च इतिहासमा गौरवशाली दिन।

मधेश कसरी नेपालमा गाभिए ?(इतिहास)

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.