तराई कांग्रेस थियो, मधेश कांग्रेस किन हुन सक्दैन ?

ब्लग

शारिरिक दासभन्दा मानसिक दासहरु दासत्वबाट मुक्ति चाहँदैनन् । जति सुकै अन्याय भएपनि उसले आफ्नो जुगाड खोज्छन् । मधेश दासत्वका विरुद्ध उभिए पनि केही जुगाडुलालहरु आफ्ना मालिकका पाँउपुजनमा लागेकै छन् । नेपाली कांग्रेसले स्थापना कालमा मधेशीसँग गरेको बचनबद्धता पुरा नगरेपछि पार्टी टुक्रिएर २००८ सालमा तराई काँग्रेस गठन भयो । केही मधेशी नेताहरुको हत्या गराइयो ।

नेपालको प्रधानमन्त्री बन्नै लागेका महेन्द्र नारायण निधिलाई सल्लाहकार परिषद्मा पठाएर बलि चढाइयो । गजेन्द्रनारायण सिंहले काँग्रेस विभाजन गरे । महन्थ ठाकुरले काँग्रेस छाडे । गच्छदार जस्ता जुगाडुलालको आँखा खुल्यो । जेपी गुप्ता जस्ता लेखपढ गर्न जान्ने बाटो लागे ।

बुबाको विरासत सम्हाल्दै र सशुरालीको आर्शिवाद थाप्दै काँग्रेसमा जरो गारेका विमलेन्द्र निधिले मधेश आन्दोलन चर्किएका बेला ठूलै सपना देखेका थिए । मधेशमा काँग्रेसको जरा गाडी राख्ने विचौलीया विमलेन्द्र निधिले पार्टीमा देउवा पक्ष हावी भएपछि भावी प्रधानमन्त्रीको समेत सपना देखेका थिए । र, पार्टी उपसभापतिको दाबी पनि गर्दै आएका थिए ।

मधेश आन्दोलनको रापताप कम हुँदै गयो पार्टीभित्र शेरबाट विराला हुँदै गए निधि । मधेशीहरुले आफ्नो औकात विर्से पछि यस्तो हुँदो रहेछ यहाँ । चाहे त्यो आदरणीय डा.रामबरण यादव होस् अथवा आदरणीय निधि ज्यू ।

म २००८ सालको घटना दोहर्याएर पुनः नेपाली काँग्रेसलाई विभाजन गरी तराई काँग्रेस गठन गर्न त भन्दिँन । तर भारतमा भारतीय काँग्रेस हुन सक्छ, नेपालमा नेपाली काँग्रेस हुन सक्छ भने मधेशमा मधेश काँग्रेस किन हुन सक्दैन ? आखिर नेपाली कांग्रेसको गठन पनि त भारतले नै गरिदिएको हो ।

अहिले पनि मधेशमा प्रजातन्त्रमा विश्वास गर्नेको संख्या धेरै छन् । मधेश डेमोक्रेसी सुहाउँदो माटो छ । हालसम्म नेपाली काँग्रेसलाई सबभन्दा बढी मत मधेशबाटै आएको छ । तसर्थ मधेश कांग्रेस गठनका तत्काहरु मधेशमा मौजुद रहेको मलाई लाग्छ ।

मधेशीहरुले विभाजन अथवा विखण्डन होइन निर्माण गर्न सिक्नु पर्छ ।

बीपी साहको फेसबुक पेजबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here