डा.सीके राउतलाई प्रहरी हिरासतभित्र यातना

290

हुलाकी न्यूज, भैरहवा । स्वतन्त्र मधेश गठबन्धनका केन्द्रीय संयोजक डा.सीके राउतलाई प्रहरी हिरासत भित्र यातना दिइएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा गए राती अन्य थुनुवाहरुबाट कुटपिटसमेत गराइएको गठबन्धनले जनाएको छ ।

विहीबार अदालतमा बयान सकेपछि डा.राउतलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा लागु औषधमा पक्राउ परेका २१ जना थुनुसँग एउटै कोठामा राखिएको थियो । प्रहरीले नै थुनुहरुलाई उक्साएर कुटपिटसहित यातना दिन लगाएको स्वतन्त्र मधेश गठबन्धन रुपन्देहीका नेताहरुले हुलाकी न्यूजलाई जनाएका छन् ।

कुटपिटबाट घाइते भएका डा.राउतलाई राती ११ बजे लुम्बिनी अञ्चल अस्पताल लगिएको र त्यसपछि इलाका प्रहरी कार्यालय बुटबल मै राखिएको गठबन्धनले जनाएको छ । डीएसपी बेलबहादुर पाण्डेको निर्देशनमा इन्सपेक्टर भिमलाल सुदामीले यातना दिन लगाएको जनाइएको छ । डा.राउतलाई शुक्रबार पुनः अदालतमा ल्याइनेछ ।

यता प्रहरीका अनुसार डा.राउतमाथि कुटपिट भएको छैन । हुलाकी न्यूजसँग कुराकानी गर्दै डीएसपी पाण्डेले भने,‘अन्य थुनुवाहरुसँग सीके राउतलाई राखिएको थियो । उनीमाथि कुनै कुटपिट भएको छैन । स्वास्थ्यमा समस्या आएको भने पछि हामीले बुटबल पठाएका थियौं ।’ पाण्डेले अस्पतालमा उपचारभन्दा पनि इलाका प्रहरी कार्यालय बुटबल पठाएको बताए ।

फाईल तस्बिर

SHARE

1 COMMENT

  1. यस्ता भुस्याहा कुकुर लाई त मारेपनी केही फरक पर्दैन। ख्ल्लम खुल्ला देश टुक्राउछू भन्नेलाई्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here