डा. सिके राउतको जीवनमा आधारित डा. सिके राउत’ चलचित्र आउँदो छठ र दिपावलीमा प्रदर्शन

हुलाकी न्यूज काठमाडौँ:- डा. सिके राउतको जीवनमा आधारित चलचित्र ‘डा. सिके राउत’ को टिजर बुधबार सार्वजनिक भएको छ। ‘डा. सिके राउत – द प्यासन’ नामको चलचित्र ‘मा राधिका इन्टरनेशलन मुभिज प्राइभेट लिमिटेड’ ले चलचित्र निर्माण गरेको हो। यो चलचित्रमा ‘डा. सिके राउत’ को जीवनीलाई प्रस्तुत गरिने भएको छ।

चलचित्रको छायांकन भदौँबाट सुरु हुँदैछ। यो चलचित्रलाई छठमा प्रदर्शन गरिने चलचित्र निर्माण टोलीले जनाएको छ। बुधबार चलचित्र निर्माणको घोषणा सँगै चलचित्रको टिजर पनि सार्वजनिक गरिएको थियो।

चलचित्र सन्तोष साहले लेखेका र निर्देशन गरेका छन्। उनी भोजपुरी चलचित्रमा दखल राख्ने निर्देशकको रुपमा परिचित छन्। यस्तै चलचित्रमा राउतको भूमिकामा परदेशी शाह देखिने भएका छन्। उनले २० भन्दा धेरै भोजपुरी चलचित्रमा काम गरिसेकेका छन्। उनी अभिनित पछिल्लो चर्चित चलचित्र ‘एसपी खरेल’ हो।

यो चलचित्र नेपाली, भोजपुरी र हिन्दि भाषामा बन्नेछ, चलचित्रको सब टाइटल पनि हुने बताएइएको छ। यो चलचित्रलाई ‘बाबु’ले लगानी गर्दै छन्। चलचित्रको बजेट डेढ करोड हुने अनुमान गरिएको छ। यो चलचित्रमा ५० प्रतिशत राउत र ५० प्रतिशत अन्य विषय समावेश हुने बताइएको छ। केक काटेर चलचित्र सुरु भएकाे घाेषणा गरिएकाे थियो।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.