डा. राउत र उनका कार्यकर्ताको रिहाईको माग गर्दै पुतला दहन

हुलाकी न्युज, धनुषा । स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउत र उनका कार्यकर्ताको रिहाईको माग गर्दै विभिन्न जिल्लामा पुतला दहन गरेको छ ।

गठबन्धनका कार्यकर्ताले धनुषाको बिभिन्न ठाउँहरुमा प्रधानमन्त्री र गृहमन्त्रीको पुतला दहन गरेका छन । रौतहटमा गठबन्धनका संयोजक डा सिके राउत र उनका कार्यकर्ताहरुको पक्राउको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाको पुतला दहन गरिएको गठबन्धनले जनाएको छ ।

स्वतन्त्र मधेस गठबन्धनका समर्थकहरुले धनुषाको हनसपुर नगरपालिका, औरही गाउँपालिका, कमला नगरपालिका ,सहिद नगरपालिका र सबैला नगरपालिका लगायत बिभिन्न ठाउँहरुमा प्रधानमन्त्री र गृहमन्त्रीको पुतला दहन गरेको छ ।

संयोजक राउतलाई जिल्ला अदालत रौतहटबाट तारेख लिएर फर्कने क्रममा प्रहरीले पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय गौरले स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतसहित चार जना विरुद्ध मुद्दा चलाएको छ । पक्राउ परेका डा राउत र उनका कार्यकर्ता असोक सिंह, बिरेन्द्र साह, जे पि साह र दिनेश लाल यादव लगायत बिभिन्न जिल्लाहरुमा पक्राउ परेकालाई विना शर्त रिहाईको माग गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.