Dr. Ck Raut File Photo

काठमाडौं । वैश्विक महामारीको रुपमा फैलिरहेको कोरोना नियन्त्रणमा प्रदेश सरकारको मौनता रहेको भन्दै जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले आक्रोश व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत् डा.राउतले भनेका छन्, ‘के प्रदेश नं. २ सरकारका मन्त्री र कर्मचारीहरूले मान्छे कति बेला कोविड–१९ लागेर मर्ला, र मृतकको परिवारलाई १ लाख रुपैयाँ राहत घोषणा गरौंला, अनि त्यसलाई हस्तान्तरण गर्ने अर्को १ लाख खर्च गरेर तामझाम सहितको कार्यक्रम गरी पार्टीको विस्तार गरौंला भनेर विगतमा झैं पर्खेर बसेका हुन् ?’

डा.राउतले यस्तो संवदेनशील घडीमा पनि प्रदेश सरकार एकाएक गायब गायब भएको आरोप लगाएका छन् । उनले प्रदेश सरकारले यस्तो समयमा जनतालाई सम्बोधन समेत गर्न नसकेको प्रति आक्रोश व्यक्त गरेका हुन् ।

‘साधारण सचेतनामूलक संदेशहरू आधिकारिक रुपमा जारी गर्न नसक्ने ? क्वारेन्टाइनको व्यवस्था गर्न नसक्ने ? कोरोना सम्बन्धी आशंका भए कहाँ सम्पर्क गर्ने, त्यतिको समेत व्यवस्था गर्न नसक्ने ?’ भनी उनले प्रश्न गरेका छन् ।

उनले भनेका छन्, ‘जनताले आफ्नो जिम्मेबारी त निर्वाह गरिराखेकै छन्, तर प्रदेश नं. २ सरकार यसरी यस्तो घडीमा ‘कोमा’मा जानु कुनै पनि तरीकाले ठीक होइन । जागौं, जुटौं र नागरिकको रक्षा गरौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.