एजेन्सी । अमेरिकामा जारी गरिएको नयाँ मेडिकल दिशानिर्देशमा कोरोना भाइरसको जोखिमका कारण सबैलाई मास्क लगाउन अनिवार्य गरिएको छ ।

तर राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले मास्क नलगाउने बताएका छन् । उनले भनेका छन, ‘राष्ट्रपति, प्रधानमन्त्री, तानाशाह, राजा, रानीलाई म कसरी मास्क लगाएर स्वागत गरौं ।’ उनले शुक्रबार जारी निर्देशन पालना गर्न आफू बाध्य नभएको पनि बताएका छन् ।

अमेरिका अहिले कोरोनाको चपेटामा छ । त्यहाँ कोरोना संक्रमितको संख्या २ लाख ७० हजार नाघिसकेको छ भने मृत्यु हुनेको संख्या सात हजार नाघेको छ ।

अहिलेसम्म अमेरिकाका स्वास्थ्य अधिकारीहरूले बताउँदै आएका थिए–बिरामी र तिनको उपचार तथा रेखदेख गर्नेले मात्रै मास्क लगाउनु जरुरी छ ।

तर, शुक्रबार बल्ल सबैलाई मास्क लगाउन भनिएको छ । यद्यपि, आम मानिसलाई सर्जिकल मास्क नलगाउन भनिएको छ किनकी यस्तो मास्कको अमेरिकामा अभाव छ । बीबीसी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.