टिपरले ठक्कर दिदा दाजु भाईको घटनास्थलमै मृत्‍यु

हुलाकी न्युज, धनुषा । धनुषामा ट्रिपरको ठक्करबाट दुई दाजु-भाईको घटनास्थलमै मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ९ धारापानीमा बुधबार ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई दाजु-भाईको घटनास्थलमै मृत्यु भएको छ ।

 

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना १ प ६१८९ नम्बरको ट्रिपरले सोही दिशातर्फ गइरहेको स ५ प ९०४६ नम्बरको मोटरसाइकललाई अभरटेक गर्ने क्रममा मोटरसाइकललाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ।

मोटरर्साइकलमा सबार उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ४ बस्ने २५ बर्षका बिकास राइ र उसकै आफ्नो भाई सचिन राइको मृत्‍यु भएको प्रहरीले जनाएको हो । ठक्कर दिने ट्रिपर र चालकलाई इलाका प्रहरी कार्यालय धारापनीले नियन्त्रणमा लिएको छ।

 

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.