चितवन, २१ चैत । ज्वरो आएर मृत्यु भएकी एक युवतीको स्वाब परीक्षण गरिने भएको छ ।
सिन्धुलीको हरिहरपुर गाउँपालिका वडा नम्बर २ की २६ वर्षीया उषाकुमारी राईको शुक्रबार विहान मृत्यु भएको हो ।

विरामी भएपछि उपचारका लागि हेटौंडा अस्पताल पुगेकी उनलाई त्यहाँबाट रिफर गरी भरतपुर अस्पताल पुर्याइएको थियो ।

उनको शुक्रबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । मृत्यु भएकी युवतीको स्वाव परीक्षण गर्ने तयारी भइरहेको अस्पतलाले जानकारी दिएको छ । स्वाब परीक्षणका लागि केन्द्रीय प्रयोगशाला काठमाडौं पठाइने र नतिजा नआएसम्म शव सुरक्षित राखिनेछ । उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिनेछ ।

कोरोना भाइरसको त्रास भएकाले ज्वरो आएका बिरामीको उपचारमा विशेष सतर्कता अपनाइएको छ । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार राईलाई हेटौँडा अस्पतालले राति थप उपचारका लागि भरतपुर अस्पताल पठाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.