जीप दुर्घटनामा १ को मृत्यु, ६ घाईते

83

मनिष गुप्ता, कपिलवस्तु । कपिलवस्तुको महराजगंज नगरपपालिका १ औरहवामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ भने ६ जना घाईते भएका छन् ।

तौलिहवादेखि महराजगंजतर्फ जाँदै गरेको भे १ जा १३१ नम्बरको जीप औरहवा गाँउको पुर्वमा सो घाटना भएको प्रहरीले जनाएको छ ।

शिवराज नगरपालिका ७ बालानगर बस्ने ४२ बर्षिय महेन्द्र पाण्डेयको मृत्यू भएको जिल्ला प्रहारी कार्यलय कपिलवस्तुले जनाएको छ ।

घाईतेहरुमध्ये जवभारी १ बस्ने हाकीम मुसालमानको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहारी कार्यलय कपिलवस्तुले जनाएको छ । घाईते सम्पुर्णको उपचार जिल्ला अस्पताल तौलिहवामा भईरहेको प्रहरीले जनाएको छ ।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here