काठमाडौं । निशान छाप परिवर्तनका लागि शनिबार प्रतिनिधिसभा बैठकमा जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले दमदार भाषण गरेका छन् । उनले संसदमा गरेको सम्बोधनका मुख्य बुँदाहरुः
— संविधानमा आफूहरुको असहमति भएपनि नयाँ नक्साअनुसार निसान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन प्रस्तावको समर्थन गरेका छौं ।
— तर संविधानप्रति आफूहरुको असहमति कामयै रहेको छ ।
— तर अहिले राष्ट्रियता र भूमिको सवाल उठेकाले सबै असन्तुष्टिलाई थाती राख्दै नयाँ नक्सासम्बन्धी प्रस्तावलाई सहर्ष समर्थन गर्छौं ।
— ५८ वर्ष पहिलेसम्म लिम्पियाधुरा, कालापानी लगायतका भूमि नेपालको नक्सामा थियो ।
— तर कुन देश बेचुवाले देश बेच्यो ?
— स्वेतपत्र जारी गर्नु पर्दैन ?
— देश बेचुवाहरुलाई टुँडिखेलमा झुण्ड्याउनु पर्छ कि पर्दैन ?
— महाकाली सन्धि संसदबाट पास भएको थियोे ।
— २५ वर्ष पहिले महाकाली सन्धि कसरी भयो ?
— त्यसमै महाकाली नदीको मुहान कहाँ भनेर क्लियर गर्नु पर्दैन ?
— मधेशी जनताले सीमाको रक्षा गर्दै आएको छ ।
— आफूहरुको राष्ट्रियतामा प्रश्न नगर्न आग्रह गर्दछ ु।
— हामीले कति चोटी राष्ट्रियताको अग्नि परीक्षा दिने ?
— कति पटक राष्ट्रियताको प्रमाण दिने हामीले ।
— मधेशी जनतामाथि अन्याय नगर्नुस् ।
— नयाँ नक्सासँगै जमिन फिर्ता ल्याउन सरकारलाई आग्रह गर्दछु ।
— राष्ट्रियतालाई साँघुरो अर्थमा नबुझ्न पनि आग्रह गर्दछु ।
— राष्ट्रियता एउटा जात, समुदाय, क्षेत्रको हुनै सक्दैन ।
— त्यस्तो भयो भने त्यो पंगु राष्ट्रियता हुन्छ, त्यसले राष्ट्रिय एकता, राष्ट्रियता बलियो हुँदैन ।
— राष्ट्रियता, राष्ट्रिय एकताको परिभाषा ठिकसँग गर्नुपर्छ ।
— नक्सा बनाउनेमात्र होइन, गुमेको भूभाग फिर्ता ल्याउन पनि आफूहरुले प्रधानमन्त्रीलाई आग्रह गरिरहेको हो ।
— नक्साका लागि मात्र नभई राजनीतिक मुद्दामा पनि संविधान संशोधनका लागि ध्यान दिन सरकारलाई आग्रह गर्दछु ।
— संविधान संशोधनका लागि मानिसले ज्यान गुमाएको छ, संघर्ष गरेको छ ।
— जब संशोधनको कुरा आउँछ, हामीले त्यो कुरा पनि ल्याउने गरेका छौं ।
— संगै ल्याइदिनुस्, प्याकेजमा ल्याइदिनुस्, भूमि र जनता मिलाएपछि राष्ट्रियता बलियो हुन्छ भनेका छौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.