जन्म दिनमा प्रदेश २ का मन्त्रीद्वारा बृक्षारोपण


हुलाकी न्यूज, जनकपुरधाम :
आफ्नो जन्मदिनको अवसरमा प्रदेश २ का एक जना मन्त्रीले बृक्षारोपण गरेका छन्।

उद्योग, पर्यटन, बन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले जन्मदिनको अवसरमा बृक्षारोपण गरेका हुन्।

जनकपुरधामस्थित संकट मोचन मन्दिर तथा मणी मण्डपमा बिशेष पुजा गरी रुद्राक्षको बिरूवा रोपेका हुन्।

वातावरण स्वच्छ राख्न पलाष्टिक झोलालाई निरूत्साहन गर्नु पर्ने भन्दै मन्त्री मण्डलले कपडा झोलासमेत वितरण गरेका छन्।

उक्त अवसरमा प्रदेस सभा सदस्य राम असिष यादबलगायतका समाजिक अभियन्ताहरुको उपस्थिति रहेको थियो।

प्रदेश २ लाई हरित प्रदेश बनाउने अभियान चलाएका मन्त्री मण्डलले चेतना मुलक सन्देशसहितको बोर्ड पनि स्थापना गरेका छन्।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.