‘जनमत पार्टी’ निर्वाचन आयोगमा दर्ता


हुलाकी न्यूज, काठमाडौँ :
डा.सीके राउत नेतृत्वको जनमत पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ।
सोमबार निर्वाचन आयोगले दर्ताको प्रमाण पत्र दिएको छ।

दर्ता प्रक्रियाको जिम्मेवारी पाएका नेता चन्दन सिंहलाई आयोगले प्रमाण पत्र दिएको छ।

नेता सिंहका अनुसार जनमत पार्टी निर्वाचन आयोगमा दर्ता भएसँगै थप कार्यक्रमहरू अगाडि बढ्नेछ।

स्वतन्त्र मधेस गठबन्धनको चैत्र पहिलो साता भएको बैठकले जनमत पार्टी गठन गर्ने निर्णय गरेको थियो। सोही बमोजिम वैशाख १५ गते निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिइएको थियो।

जनमत पार्टीकाे अध्यक्षमा चन्द्रकान्त राउत (डा.सीके राउत)
सदस्यहरुमा बसन्त कुमार कुशवाहा, दिपक कुमार साह, अनिता कुमारी मण्डल, अब्दुल खान, आशा कुमारी मेहता, इरफान अहमद शेख, ईन्द्रजीत कुमार यादव, करुणा कुमारी पैकरा मण्डल, कैलाश महतो, कोशिला देवी महतो, गिता पासवान, चन्दन कुमार सिंह रहेका छन्।

त्यसैगरी, जुलेखा विवी, दिनेश प्रसाद यादव, ध्रुव प्रसाद कहार, नरेन्द्र प्रसाव चौधरी ९कुर्मी०, नरेश प्रसाद कुशवाहा, परमेश्वर मुर्मु, बबिता कुमारी राउत ईशर, बिरेन्द्र साह सोनार, भोपेन्द्र प्रसाद यादव, मज्जन कुमारी, भगत थरुनी, महेन्द्र प्रसाद थारु चौधरी, राज कुमार यादव रहेका छन्।

यसैगरी, राधा कुमारी यादव, रामकली देवी मण्डल, सतिला कुमारी यादव, सत्य नारायण खङ्ग खत्वे, सन्जय कुमार साह, सन्जय कुमार यादव, सिताराम पण्डित, सुरेन्द्र प्रसाद शर्मा, हकि कुल्लाह मुसलमान, राजमती पासवान रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.